विकास र समृृद्धिका लागि राष्ट्रिय सरकारको आवश्यकता

काठमाडौँ, वैशाख १४ । नेपाल समाजवादी काँग्रेसले संविधान जारी भइसकेको सन्दर्भमा मुलुकलाई आर्थिक, सामाजिक र सांस्कृतिक विकासको बाटोमा अगाडि बढाउन राष्ट्रिय सरकार हुनुपर्ने आवश्यकता औँल्याएको छ ।

सो पार्टीले यहाँ आज पत्रकार सम्मेलन गरी अब भाषण मात्रभन्दा पनि जनताले विकास र समृद्धि चाहेको हुँदा प्रत्येक राजनीतिक दल र दलका नेताहरूले एकमात्र विकासको नारालाई अगाडि बढाउँदै राष्ट्रिय सरकार निर्माण गर्नुुपर्नेमा जोड दिएको हो ।

पार्टीले संवैधानिक प्रजातन्त्र, हिन्दू राज्य, स्वाधीनता, समानता, स्वतन्त्रता, सार्वभौमिकता, अखण्डता र एकता हुनुपर्ने मागसमेत गरेको छ । कार्यक्रममा पार्टीका महासचिव गोविन्द निरौलाले मुलुकमा व्याप्त भ्रष्टाचार, महँगी अन्त्य गर्नुपर्ने बताउनुभयो ।

कमेन्ट गर्नुहोस्