उपराष्ट्रपतिसँग ईयू र ईजरायलका राजदूतको शिष्टाचार भेट

काठमाडौं, वैशाख १४ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ सँग नेपालका लागि युरोपियन यूनियन (ईयू) का राजदूत र इजरायलका राजदूतले शिष्टाचार भेट गरेका छन् ।

बिहीबार अपरान्ह उपराष्ट्रपतिको कार्यालय कान्तिपथ बहादुर भवन पुगेर ईयूका राजदूत रिन्छे टेरेन्क र इजरायलका राजदूत यारोन मेयरले छुट्टाछुट्टै शिष्टाचार भेट गरेको हो ।

उपराष्ट्रपतिले यूरोपियन यूनियनका राजदूतसँगको भेटमा नेपाल र ईयूको सम्बन्ध घनिष्ट रहेको बताए । उनले नेपाल र ईयूबीचको सम्बन्धलाई जनस्तरसम्म प्रगाढ बनाउनुपर्नेमा जोड दिए ।

भेटमा उपराष्ट्रपतिले नेपाली जनताको लामो संघर्षपछि प्राप्त अधिकारको संस्थागत गर्नका लागि नेपाल निर्वाचनतर्फ अग्रसर रहेको बताए । उनले आसन्न स्थानीय तहको निर्वाचनले सिंहदरबारमा केन्द्रित जनताको अधिकार जनताको घर आगनमा पु¥याउने बताए ।

उपराष्ट्रपतिसँगको भेटमा ईयूका राजदूतले ईयू र नेपालको सम्बन्ध प्रगाढ रहेको बताए ।
उनले निर्वाचन नेपालको आन्तरिक मामिला भएको बताउँदै स्थानीय तहको निर्वाचन सफलताको लागि शुभकामना दिए । उनले नेपालले अपनाएको लोकतान्त्रिकरण, समावेशीता र विकेन्द्रकरण उच्च प्रशंनीय भएको बताए ।

उपराष्ट्रपतिले आजै ईजरालयका राजदूतसँगको भेटमा नेपाल र ईजरायलबीचको सम्बन्धलाई जनस्तरसम्म प्रगाढ बनाउनुपर्नेमा जोड दिए । उनले ईजरायलले कृषि क्षेत्रमा हासिल गरेको उपलब्धिबाट नेपालले सिक्न चाहेको बताए ।

उपराष्ट्रपतिसँगको भेटमा ईजरायलका राजदूतले दुई देशको सम्बन्ध प्रगाढ रहेको बताए । उनले ईजरायल सरकारले नेपाल घुम्नका लागि उत्कृष्ट गन्तव्य भएको र राजनीतिक स्थायित्व हासिल गरिरहेकोले आफ्ना नागरिकलाई नेपाल घुम्न प्रोत्साहित गरिरहेको बताए।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: