सरकारले चिया व्यवसायमा चासो नदिएको भन्दै गुनासो

काठमाडौँ, वैशाख १४ । चिया उत्पादनका लागि सरकारले चासो नदिएको गुनासो सरोकारवालाले गरेका छन् ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले २०औँ राष्ट्रिय चिया दिवसका अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले चियाको सम्भावना धेरै भए पनि सरकारले चासो नदिएकाले फस्टाउन नसकेको गुनासो गरेका हुन् ।

बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले वर्षेनि अर्बौंको चिया निर्यात गरेर विदेशी मुद्रा आर्जन गरे पनि सरकारबाट उचित तरिकाले चियाको विकासमा सहयोग पुर्याउन नसकेको बताए ।

याे पनि पढ्नुस  माइभ्याली गोल्डकपको उपाधिका लागि थ्रीस्टार र मनाङ भिड्ने

“चियामा पर्याप्त अनुसन्धान नहुँदा यसले व्यापकता पाउन सकेको छैन”, उहाँले भन्नुभयो – ‘‘उन्नत जातको पहिचान र प्रविधिको विकासबाट चियाखेतीलाई विस्तार गर्नुपर्ने आवश्यकता छ ।” उहाँका अनुसार आव २०७२÷७३ मा १३ हजार २८९ मेट्रिक टन चिया विभिन्न देशमा निर्यात गर्दै रु दुई अर्ब ४० लाख आर्जन गरिएको छ।

चिया व्यवसायी दीपक बास्कोटाले सरकारको चियालाई हेर्ने स्पष्ट दृष्टिकोण नभएकाले व्यवसायले गति लिन नसकेको धारणा राख्नुभयो । उहाँले सरकारले कृषि क्षेत्रमा बिमा गर्दै आएको उल्लेख गर्दै चियाको पनि बिमा गरिदियो भने व्यवसायीलाई राम्रो हुने विचार व्यक्त गर्नुभयो ।

याे पनि पढ्नुस  बलात्कार आरोपमा इलामाबाट दुई जना पक्राउ

विसं १९२० वाट व्यावसायिक रुपमा चियाखेतीको सुरुवात भएकामा अहिले झापा, इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, कास्की, लमजुङ, ललितपुर, दोलखा, रामेछापलगायत २४ जिल्लामा २७ हजार ६८८ हेक्टर क्षेत्रफलमा चियाखेती भइरहेको छ ।

चियाको बिक्री केन्द्र स्थापनाको तयारी

बोर्डले एकद्वार प्रणालीबाट चियाको बिक्री वितरण गर्नका लागि (चिया अक्सन केन्द्र) बिक्री केन्द्र स्थापनाको तयारी थालेको छ ।

याे पनि पढ्नुस  कृत्रिम गर्भाधान अभियानले किसानको जीवनस्तरमा सुधार

बोर्डका कार्यकारी निर्देशक गौतमले आउँदो आवबाट सामूहिक रुपमा बिक्री वितरण गर्नका लागि अक्सन केन्द्र स्थापना गर्न थालिएको जानकारी गराउनुभयो। केन्द्रका लागि सरकारसँग रु ५० लाख माग गरिएको छ ।

कमेन्ट गर्नुहोस्