घण्टौंसम्म कम्प्युटर अगाडि बस्नेहरुका लागि यी टिप्सहरु उपयोगी

काठमाडौं, वैशाख १४ । दैनिकजसो मानिसहरु काम विशेष होस् वा इन्टरनेट बस्दा चौबीसै घण्टा कम्प्युटर, ल्यापटप अगाडि बस्ने गर्दछन् ।

स्वास्थ्यको दृष्टिकोणमा यो लाभदायक होइन । कम्प्युटरमा बस्दा बीच बीचको समयमा ब्रेक लिइरहनुपर्दछ । कम्प्युटरको उचाइ र आफ्नो आँखाको उचाइ समान दूरीमा हुनुपर्छ भने बस्ने कुर्सीको उचाइ सोहीअनुरूप मिलेको हुनुपर्छ ।

बस्ने पोजिसन हिप र घुँडाको पछाडिको पूरा भाग कुर्सीमा मिलेको हुनुपर्छ ।

कुर्सीमा बस्दा पछाडि सानो सिरानी वा कुसन राख्दा ढाड दुख्ने समस्या कम हुन्छ । कम्प्युटरमा काम गर्दा एक वा दुई घन्टापश्चात् शरीर तन्काउनुपर्छ ।

यसरी ब्रेकका बेला दुवै हातलाई इन्टरलक गरी टाउको भन्दा माथि सीधा तन्काउने तर टाउको सीधा नै हेर्ने, यो प्रक्रिया ५ सेकेन्डको विश्राम लिँदै ५ देखि ७ पटक सम्म गर्न सकिन्छ ।

क्रमशः दायाँ र बायाँ हातमाथि तन्काउने अनि केही समय रोकी तल झार्ने, यसले कुम, गर्दन तथा हातलाई रिफ्रेस गर्छ ।

दुवै खुट्टा क्रस गरेर कुर्सीमा बस्ने अनि दायाँ हातले बायाँ घुँडा समातेर कम्मर र घुँडा एकैपटक तन्काउने । पुनस् बायाँ हातले दायाँ घुँडा समाती अघि गरेजस्तै क्रियाकलाप दोहोर्‍याउँदा कम्मर, घुँडा तथा हिपले तन्दुरुस्ती प्राप्त गर्छ ।

अन्त्यमा सीधा उभिएर दुवै हातलाई सीधा तल पारी बिस्तारै झड्कार्नुपर्छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: