राष्ट्रिय पोसाकको माग गर्दै राजधानीमा अर्धनघ्न प्रदर्शन

काठमाडौं वैशाख १४ । मुलुकलाई अन्तराष्ट्रिय स्तरमा चिनाउने गरी राष्ट्रिय पोसाक स्थापना गर्नुपर्ने माग गर्दै राजधानीमा युवाहरुले अर्धनघ्न प्रदर्शन गरिएको छ ।

१३ बढी संघसंस्थाका युवाको सहभागीतामा श्रद्धावान् नेपाल राष्ट्रिय पोसाक संरक्षण महाअभियान नेपालले सो प्रदर्शन गरेको हो ।

सालको पातबाट बनेको पोसाक लगाएर युवाहरुले आज अर्धनग्न भई माइतीघर मण्डलाबाट नयाँबानेश्वरसम्म र्‍याली निकालेका थिए ।

बिदेश भ्रमण वा औपचारिक कार्यक्रममा सहभागी भएका समय उच्चपदस्थ सरकारी अधिकारीले समेत बिदेशी पोसाक लगाउने गरेको भन्दै उनीहरुले आपत्ति जानाएका थिए ।

हिमाल, पहाड र तराईका १ सय २५ जातजातिको साझा पोसाक स्थापना गरी विदेशी औपचारिक भम्रणका समयमा देशलाई चिनाउने साझा पोसाक आवश्यक रहेको श्रद्धावान् नेपालका अध्यक्ष राजानन्द माण्डव्यले बताए ।

विगत पाँच वर्षदेखि अभियानले हरेक वर्ष पुस १७ गतेलाई राष्ट्रिय पोसाक दिवस घोषणा गर्न माग गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: