१५ महिनादेखि रोकिएको क्रिकेट खेलाडीले तलव पाउने

काठमाडौं, वैशाख १४ । नेपाल क्रिकेट संघको बिवादले निलम्बनमा परेपछि नेपाली क्रिकेट खेलाडीको रोकिएको तलव उपलब्ध गराउने निर्णय गरेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले बोर्ड बैठकले रोकिएको १५ महिनाको तलव दिने निर्णय गरेको हो ।

१५ महिनाको तलव उपलब्ध गराउने आईसीसी डेभलपमेन्ट कमिटीको प्रस्ताव स्वीकृत गरेको हो ।

क्यानमा सरकारी हस्तक्षेप भएको भन्दै आईसीसीले एक बर्षअघि अर्थात ०७३ वैशाखमा नेपाल क्रिकेट संघ निलम्बन गर्ने निर्णय गरेसँगै क्यानको बैंक खाता पनि रोक्का भएको थियो ।

कमेन्ट गर्नुहोस्