एमाले छोडी ढकाल प्रचण्डतिर

काठमाडौं, बैशाख १४ । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले अाज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नेतृत्वको विपक्षी ९ दलीय गठबन्धन छोडेर उनी प्रधानमन्त्री प्रचण्डलार्इ भेट्न वालुवाटार पुृगेका हुन् ।

बिहीबार एमाले संसदीय दलको कार्यालयमा एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको विपक्षी गठबन्धनको बैठक छोडेर अध्यक्ष ढकाल सत्तारुढ गठबन्धनतिर जोडिएका छन् ।

परिवार दलले अहिले संसदमा दर्ता रहेको संशोधन प्रस्तावलाई पारित गराउने भित्री तयारी गरिरहेकाे बुझिएकाे छ । यहीसम्बन्धी छलफलका लागि अहिले ढकाल दाैडधुपमा लागिपरेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: