प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं, वैशाख १४– संविधान संशोधन लगायतका विषयमा सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक बोलाएका छन् ।

स्थानीय तहको निर्वाचन, संविधान संशोधनलगायत विषयमा छलफल गर्न प्रचण्डले शुक्रबार सर्वदलीय बैठक बोलाएका हुन् ।

स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गएको अवस्थामा सबै राजनीतिक दलको विश्वास लिन र भयरहित वातावरणमा निर्वाचन गराउने दायित्व सबै दलको हो भन्ने आत्मबोध गराउन नै पनि प्रधानमन्त्रीले छलफलको आयोजना गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

याे पनि पढ्नुस  प्रचण्डद्वारा भलिबल प्रतियोगिताको अवलोकन (फोटोफिचर)

संविधान संशोधन प्रस्ताव द्रुतमार्गबाट अगाडि बढाएर मुलुकभर नै स्थानीय तहको निर्वाचन गर्ने लक्ष्यलाई प्रधानमन्त्रीले प्रमुख प्राथमिकतामा राख्नुभएअनुसार नै छलफल आयोजना गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा सत्तारुढ दल नेपाली काँग्रेस, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, सङ्घीय समाजवादी फोरम नेपाललगायत संसद्मा प्रतिनिधित्व गर्ने सबै दलललाई आमन्त्रण गरिएको छ ।

याे पनि पढ्नुस  मधेसमा माओवादीप्रति जनलहर किन ? यस्तो छ जवाफ प्रचण्डकै मुखबाट

कमेन्ट गर्नुहोस्