विद्यार्थी संगठनले लगाए प्याब्सन र एनप्याब्सन कार्यालयमा ताला

काठमाडौं, बैशाख १४ । अभिभावकसँग चर्को शुल्क लिएको जनाउँदै संयुक्त विद्यार्थी सङ्गठनले आज देशभरका निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) र नेपाल निजी तथा आवासीय विद्यालय सङ्गठन ९एनप्याब्सन०को कार्यालयमा तालाबन्दी गरेका छन्।

मङ्गलबारदेखि आन्दोलनमा उत्रिएका नेविसङ्घ, अनेरास्ववियु, अनेरास्ववियु९क्रान्तिकारी०लगायत विद्यार्थी सङ्गठनले वृद्धि शुल्क फिर्ताको माग गदै प्याब्सन र एनप्याब्सन कार्यालयमा तालाबन्दी गरेका हुन्।

अनेरास्ववियुका अध्यक्ष नवीना लामाले विद्यालयले मनोमानी शुल्क लिएको आरोप लगाउँदै तिनलाई कानुनी दायरामा ल्याउनका लागि तालाबन्दी गरिएको बताइन्। प्याब्सनको डिल्लीबजारस्थित र एनप्याब्सनको कुपन्डोलको केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएको हो।

प्याब्सनका ७३ जिल्ला र एनप्याब्सनका ४० जिल्लामा कार्यालय छन्। प्याब्सनका महासचिव राजेन्द्र बानियाँले तत्काल दुई पक्षलाई राखेर तालाबन्दी खुलाउन सरकारसँग माग गरे। वृद्धि शुल्क फिर्ताको माग गर्दै विद्यार्थी सङ्गठनले देशभरका निजी विद्यालयको लेखा र प्रशासन कार्यालयमा तालाबन्दी गरेका थिए।

तस्वीर ः अार.सी. अधिकारीकाे फेसबुकबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: