ओली कामरेड, ‘धुव्रे हात्ती’ सरकार कि तपाईं ?

पछिल्ला केही दिन यताका एमालेका गतिविधि हेर्ने हो भने यति भन्न सकिन्छ कि, काठमाडौंभन्दा केही अग्लो स्थान बालकोटमा बसेर एमाले अध्यक्ष केपी ओलीले आफूले राजनीतिको सबै कुरा बुझेको महशुस गरिरहेका छन् । महशुस गरेको मात्र होइन, उनलाई लागेको छ, आफूले देखेको अन्तिम सत्य हो । यहीँ कारण उनी आफ्नो र पार्टीको अडानबाट दायाँ बाँया गर्दैनन् ।

आर.सी. अधिकारी

ओलीकै पार्टीका नेता झलनाथ खनाल यसलाई ‘चट्टानी’ अडान मान्छन् । राष्ट्रिय महत्वको जतिसुकै संवेदनशील मुद्दा होस् वा जनताको पक्षमा आउने निर्णय नै किन नहोस्, एमाले अध्यक्ष ओलीको अडान यस्तो आउँछ कि, जसले उनको पार्टीको मात्र हित गर्छ र नौ महिनामा सत्ताच्यूत भएको ‘इगो’ देखिन्छ ।

जब माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको काँध चढेर ओली प्रधानमन्त्री भए, त्यसबेला एमालेजनहरुका लागि देशमा प्रचण्डभन्दा अरु कोही पनि राजनेता थिएनन् । ओलीकै नेतृत्वको सरकार हुँदा सत्तारुढ दलका नेताको हैसियतमा प्रचण्डले तराई–मधेशदेखि असन्तुष्ट समुदायका माग सम्बोधन गर्ने र संविधानको स्वीकार्यता बढाउने प्रयास निकै गरे । तर, सधै तराई–मधेश र सीमान्तकृत समुदायप्रति चरम अनुदार ओलीले संविधानको स्वीकार्यता बढाउने झिनो प्रगति गर्न सकेनन् ।

आन्दोलनका क्रममा तराई–मधेशका जनता वा राजनीतिक दलका कार्यकर्ता मारिदा तत्कालीन प्रधानमन्त्रीको हैसियतमा ओलीले भन्थे, ‘दुई–चार वटा आप झरेका हुन् ।’ तराई–मधेशलाई हेर्ने ओलीको दृष्टिकोण यति खोटपूर्ण रह्यो कि, उनले तराई–मधेशको भूगोलमा बस्ने जनतालाई भारतको उत्तर प्रदेश र विहारका नागरिकसँग दाँजे । पछिल्लो पटक एमालेकै कारण सप्तरीमा तनाव भयो, जहाँ ६ जनाको ज्यान गयो । यसको मुख्य कारण पनि ओली नै थिए, किन भने त्यसदिन सप्तरीमा गएर ओली नबोलेका भए त्यो घटना हुँदैन्थ्यो भन्ने मिडिया र सुरक्षा निकायको रिपोर्ट बाहिर आइसकेको छ ।

प्रचण्डले अन्तिमसम्म प्रयास गर्दा पनि ओलीले आफ्नो नेतृत्वको सरकारमा तराई–मधेशको समस्या हल गर्ने र संविधानको स्वीकार्यता बढाउने रोडम्यापमा कुनै प्रति गरेनन् । बाध्य भएर प्रचण्डले ओलीसँगको दोस्ती टुटाए । अझ आलोपालो सत्ता साझेदारीको भद्र सहमतिलाई ओलीले सिधा–सिधा ढाटे । प्रचण्डलाई प्रधानमन्त्री बनाउन ओली पुरै अनिश्चुक देखिए । परिणाम, ओली–प्रचण्ड ‘दुष्मनी’ र प्रचण्ड–देउवा ‘दोस्ती’ को अबस्था आयो । प्रचण्ड–देउवा ‘दोस्ती’ देउवाका लागि ठूलै भोल्टेजको करेन्ट थियो । त्यतिबेला लागेको करेन्टले एमाले र ओली अहिले पनि घाइते छन् । सहजै बुझ्न सकिन्छ, एमालेले अहिले देखाईरहेको नौंटंकी यसैको परिणाम हो ।

‘हाइभोल्टेज पोलिटिकल करेन्ट’बाट घाइते ओलीले प्रचण्डको नेतृत्वमा बनेको अहिलेको सरकारलाई असफल पार्ने एक सूत्रिय नारा बनाए । पूर्वाग्रहीपूर्ण रुपमा निरन्तर असहयोगको नीति लिए र लिईरहेका छन् । संविधान संशोधनका लागि सत्तारुढ काँग्रेस–माओवादी र प्रधानमन्त्री प्रचण्डको पहलमा एमालेको अवरोध मात्र गरिरहेको छ । मधेशबिना पनि चुनाव हुन्छ भनेर सीके राउत प्रवृतिलाई सहयोग पु¥याईरहेका ओलीले काठमाडौं र तराई–मधेशबीचको दूरी बढाउने रसायनका रुपमा काम गरेका छन् । ओलीलाई एउटा कुराको ज्ञान हुनुपर्ने हो, तराई–मधेशका माग सम्बोधन नगर्दा उनले प्रधानमन्त्री हुँदा के–के समस्या भोगेका थिए ।

प्रचण्ड–देउवा ‘दोस्ती’ देउवाका लागि ठूलै भोल्टेजको करेन्ट थियो । त्यतिबेला लागेको करेन्टले एमाले र ओली अहिले पनि घाइते छन् । सहजै बुझ्न सकिन्छ, एमालेले अहिले देखाईरहेको नौंटंकी यसैको परिणाम हो ।

ओलीले पनि थाहा पाउनुपर्ने हो, उनले नौ महिनामा किन चुनाव गराएनन् ? नयाँ संविधान आएपछि भारतले नाकाबन्दी ग¥यो । सिंगो देश र सबै जनताले त्यसको विरोध गरे । संयोगले ओली प्रधानमन्त्री थिए । यसकारण ओली ‘परिस्थितिजन्य राष्ट्रवादी’ हुन् । उनको डिएनएमा कति पनि राष्ट्रवादको मात्रा छ भन्नेमा सबै राजनीतिक व्यक्तिलाई शंका छ । ‘परिस्थितिजन्य राष्ट्रवादी’ को फेरो समातेर ओली अहिले रमारहेका छन् । उनी र उनको पार्टीले यो भुलेको छ कि, त्यो नाराले देश जोड्दैन । बरु तराई–मधेश र पहाडबीचको दूरी बढाउँछ । सीमान्तकृत समुदालाई अधिकार दिन हुन्न भन्ने एमालेको चरम दक्षिणपन्थी सोच छ । तै पनि ओली महाशय, एक्लै नाचेका छन् । अपेक्षा थियो कि, हालै वैंकक पुगेर उपचार गरेर आएपछि बस्तुगत धरातलमा आउनेछन् । तर, दूर्भाग्य ओली सुध्रिएनन् । ओलीको यो ‘परिस्थितिजन्य राष्ट्रवादी’ सोचलाई तराई–मधेशको आँखाले ‘बिखण्डनकारी राष्ट्रवाद’ का रुपमा हेरिरहेको छ ।

सरकारले स्थानीय तहको चुनावको मिति घोषणा गरेपछि अपेक्षा गरिएको थियो कि, एमालेले अव जिम्मेवार राजनीतिक कदम चाल्नेछ । र, त्यसको जगमा देशले निकाश पाउनेछ । सरकार चुुनावी तयारीमा लाग्यो । मधेशी मोर्चालाई सहभागिता गराउने प्रयास ग¥यो । यसैको परिणाम थियो–मंसिर १४ गते आएको संसोधन प्रस्ताव । ओलीले यसलाई स्वीकारेनन् । हरसम्भव प्रयास गर्दा पनि एमालेको असहयोग रह्यो । अन्तत सरकार विपक्षीको सहमतिविना अगाडि बढेन । संसोधन प्रस्ताव फिर्ता भयो । सरकारले नयाँ प्रस्ताव बनायो । यो पनि एमाले र ओलीलाई मन परेन । संसद अवरुद्ध पार्यो । एमालेको नाटक सवैले देखे ।

तराई–मधेशका माग सम्बोधन र सबै असन्तुष्टलाई संविधानको स्वीकार्य गराउन कोशिस गरिरहेको सरकारलार्इ ओलीजी ‘धुव्रे हात्ती’ भन्छन् । सबै घटनाक्रम र एमालेको उपद्रोलाई नियाल्ने हो ‘धुव्रे हात्ती’ सरकार होइन् बरु कमरेड केपी हुन् भन्न कुनै कठिनाई छैन् ।

एमालेकै कारण फेरि बल्ल बल्ल चुनावी प्रक्रियामा आउँदै गरेका मधेशवादी दललाई बाहिर लैजाने काम हुन थालेको छ । मधेशी पार्टीले स्थगन गरेका आन्दोलनका कार्यक्रम ब्युताउँने धम्की दिएका छन् । बालुवाटार पुगेर प्रधानमन्त्रीलाई चेतावनी दिएका छन् । एमालेले रमाइलो मानेको छ । एमाले र ओलीले यो कुरामा ध्यान दिएका छैनन् कि, देशमा एमालेले चाहेर मात्र सवै हुँदैन् । प्रचण्ड र देउवा मधेशी दलविना चुनावमा जाने जोखिम मोलेनन् भने ओली के गर्छन ? एमालेसँग यसको उत्तर के छ ?

एमाले अहिले सरकारबाहिर छ । उसलाई सत्तामा फर्कन निकै हतार छ । स्थानीय तह हुँदै केन्द्रको सत्तामा जाने एमालेको रोडम्याप छ । यसै पनि एमालेका लागि सत्ता अक्सिजन हो । लामोसमय एमाले सत्ताबाहिर बस्न सक्दैन । आफ्नो हितका लागि पनि चुनावी वातवरण बनाउनु एमालेका लागि लाभदायक छैन् । एमाले र ओली अहिले उल्टो बाटोमा देखिन्छन् । सले प्रश्न उठाउँछ, के एमाले साच्चिकै चुनावको पक्षमा छ ? कहिले बजेटको लफडा, कहिले दूई चरणको चुनावको विरोध गरेर एमालेले चुनावका लागि सकरात्मक भूमिका खेलेको छ भनेर कसरी विश्वास गर्ने ?

ओली कमरेडलाई अरु धेरै चिन्ता छैन् । हरेक दिन नयाँ उखान उनको विशेषता नै भयो । हालै मात्र ओलीले संसदमा गएर रमाइलो भाषणा गरे । भाषणमा उनले अहिलेको सरकारलाई ‘धुव्रे हाती’ पनि भन्न भए । तराई–मधेशका माग सम्बोधन र सबै असन्तुष्टलाई संविधानको स्वीकार्य गराउन कोशिस गरिरहेको सरकारलार्इ ओलीजी ‘धुव्रे हात्ती’ भन्छन् । सबै घटनाक्रम र एमालेको उपद्रोलाई नियाल्ने हो ‘धुव्रे हात्ती’ सरकार होइन् बरु कमरेड केपी हुन् भन्न कुनै कठिनाई छैन् ।

लेखक माओवादी निटक विद्यार्थी संगठनका उपाध्यक्ष हुन् ।

कमेन्ट गर्नुहोस्