राप्रपाद्वारा स्थानीय निर्वाचन लक्षित तीन समिति गठन

काठमाडौँ,  वैशाख १५ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर तीन वटा समिति गठन गरेको छ ।

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा राजधानीमा बसेको बैठकले कार्यक्रम, आर्थिक परिचालन र प्रचारप्रसार गरी तीन वटा समिति गठन गरेको हो ।

कार्यक्रम समितिको संयोजकमा पार्टी प्रवक्ता भुवन पाठक, आर्थिक परिचालन समितिको संयोजकमा सांसद कमला शर्मा र प्रचारप्रसार समितिको संयोजकमा नेता किरण गिरी रहनुभएको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए।

यसअघि राप्रपाले अध्यक्ष थापाको संयोजकत्वमा स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्