आज देशभरीका जिल्ला शिक्षा कार्यालयमा तालाबन्दी

काठमाडौं, वैशाख १५ । नीजि शैक्षिक संस्थाले चर्को शुल्क असुल गर्दा समेत मौन बसेको बिरोधमा विद्यार्थी संगठनहरुले देशभरीका शिक्षा कार्यालयमा तालाबन्दी गर्ने घोषणा गरेका छन् ।

अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले दिएको जानकारी अनुसार, संयुक्त विद्यार्थी संगठनको आन्दोलनको घोषणा अनुसार, आज शिक्षा विभाग केन्द्रीय कार्यालय भक्तपुरलगायत देशभरीका जिल्ला शिक्षा कार्यालयमा प्रदर्शन गरिने कार्यक्रम छ ।

यसअघि शिक्षा मन्त्रालयले तोकेको मापदण्डविपरित नीजि विद्यालयहरुले चर्को शुल्क उठाएको बिरोधमा विद्यार्थी संगठन आन्दोलित छन् । उनीहरुले शुल्क फिर्ता नलिएसम्म वार्तामा समेत नबस्ने घोषणा गरेका छन् ।

यसै साता विद्यार्थीहरुले नीजि विद्यालयहरुको संगठन प्याब्सनलगायत बिभिन्न स्कूलमा तालाबन्दी गरेका थिए ।

कमेन्ट गर्नुहोस्