प्रधानमन्त्रीको आब्हानमा सर्वदलिय बैठक बस्दै, पछिल्लो राजनितिक गतिरोध हट्ने अपेक्षा

काठमाडौं, बैशाख १५ । प्रधानमन्त्री पुष्पकमल दाहालको आब्हानमा सर्वदलिय बैठक बस्दैछ ।

दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा संसद प्रतिनिधित्व गर्ने सबै दलहरुको सहभागितामा बस्ने बैठकमा समसामयिक बिषयमा छलफल हुनेछ ।
स्थानीय निर्वाचन आउन १६ दिन मात्रै बाँकी रहँदा प्रधानमन्त्रीले सर्वदलिय बैठक डाक्नुलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।

मधेसी मोर्चाको माग संवोधन गरि संविधानको सर्वस्विकार्यता बढाउँदै स्थानीय निर्वाचनमा सबै दलहरुको सहभागिता सुनिश्चित गराउन सरकारले पेश गरेको संविधान संसोधन विधेयक संसदमा बिचाराधिन छ । मुख्यतः यहि बिषयमा छलफल केन्द्रित हुने प्रधानमन्त्रीको निजि सचिवालयले जनाएको छ ।
वर्तमान राजनितिक गतिरोध तत्काल अन्त्य गर्दै स्थानीय निर्वाचनमा जान आजको बैठक फलदायी हुने अपेक्षा गरिएको छ ।

कमेन्ट गर्नुहोस्