सरकार र विद्यार्थी नेताहरु बिच वार्ता हुँदै

काठमाडौं, वैशाख १५ । शिक्षा मन्त्रालयले निजी विद्यालयको शुल्कवृद्धि विरुद्ध आन्दोलनरत विद्यार्थी संगठनहरुलाई वार्तामा बोलाएको छ ।

मन्त्रालयका प्रवक्ता हरि लम्सालले विद्यार्थी नेताहरुलाई आज दिउँसो एक बजे वार्तामा बोलाइएको जानकारी दिए । शिक्षा मन्त्री र मन्त्रालयका अधिकारीहरुलाई सार्वजनिक बहिस्कार गर्ने निर्णय विद्यार्थी संगठनहरुले सार्बजनिक गरेलगत्तै मन्त्रालयले वार्ताका लागि आब्हान गरेको हो ।
निजी विद्यालयले सरकारले तोकेको सिलिङ र सर्वोच्च अदालतको आदेशविपरीत मनोमानी ढंगले शुल्क लिएको विरोधमा विद्यार्थी संगठनहरुले बिहीबार आन्दोलनका नयाँ कार्यक्रम सार्बजनिक गरेका थिए ।

पूर्वनिर्धारित आन्दोलनको कार्यक्रमअनुसार आज बिहान १० बजे देशभरका जिल्ला शिक्षा कार्यालयमा र दिउँसो एक बजे शिक्षा विभागमा तालाबन्दी गर्न तय भएकाे ५ ।  १७ गते शिक्षा मन्त्री, शिक्षा मन्त्रालयका अधिकारी र निजी विद्यालय सञ्चालकहरुलाई सार्वजनिक वहिस्कार गर्ने तथा १८ गते सरकारी गाडीहरु चलाउन रोक लगाउने निर्णय समेत भैसकेकाे छ ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: