भिरबाट खस्दा एकको मृत्यु

पाल्पा, १५ वैशाख । पाल्पाको छहरा रैनादेवी गाउँपालिका–४ मेहलढापका ६४ वर्षीय मानबहादुर सारुको भिरबाट खस्दा मृत्यु भएको छ ।

मेहलढापस्थित सुकदहको बाटोदेखि १५ मिटर तल खस्दा उहाँको आज बिहान घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक सारुको शवपरीक्षणका लागि जिल्ला अस्पताल पाल्पा पठाइएको मुझुङ्ग इलाका प्रहरी कार्यालयका प्रमुख रेशम जीसीले बताउनुभयो । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: