राजनीतिक जीवन चितवनमैं बिताउने प्रचण्ड पुत्रीको घोषणा

चितवन, वैशाख १५ । भरतपुर महानगरपालिकामा मेयर पदमा उम्मेदवार बनेकी रेणु दाहालले राजनीतिकरुपमा चितवनमा नै सक्रिय हुने घोषणा गरेकी छिन् ।

स्थानीय तह उम्मेदवार घोषणा कार्यक्रममा बोल्दै नेतृ रेणु दाहालले निर्वाचनमा जित्ने पूर्ण विश्वास रहेको बताईन । “चितवनमा नै बाँकी राजनीतिक जीवन बिताउँछु ।” उनले भनिन, “हारेपनि जितेपनि यही मेरो राजनीतिक थलो हुने छ ।”

भाषणका क्रममा आत्मविश्वासी देखिएकी रेणुले चुनाव जित्नेमा ढुक्क भएको बताइन । लामो समय चितवनको राजनीतिबाट अलग भएकोले जनता र कार्यकर्तासँग घुलमिलमा समस्या भएको स्वीकार्दै दाहालले २०६४ सालको जस्तै लहर जिल्लामा ल्याउनुपर्ने बताइन् ।

आफूलाई ‘प्रचण्डकी छोरी’ भनेर  मात्र चिनाइएकोमा उनको गुनासो थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: