कोरियामा एक नेपाली सुतेको अवस्थामा मृत फेला

काठमाडौं, वैशाख १५ । दक्षिण कोरियामा काम गरिरहेका एक नेपाली सुतेको अवस्थामा नै मृत फेला परेका छन् । नेपालबाट इपिएस प्रणाली अन्तर्गत हजारौं नेपाली कोरियामा काम गरिरहेको छन ।

कान्तिपुर अनलाइनले जनाए अनुसार,दक्षिण कोरियामा इपिएस मार्फत काम गर्न आएका खोटाङ चिप्रिइ गाविस-१ घर भएका कल्याण राईको बिहीबार साँझ सुतेकै अवस्थामा अचानक निधन भएको सोलस्थित नेपाली दूतावासले जनाएको छ । राति काम सकेर आएपछि सुतेका राई साँझ उठाउँदा मृत भेटिएको सँगै काम गर्ने साथीले जनाए ।

याे पनि पढ्नुस  कोरियामा नेपाली कामदारको मृत्यु

छुइछइ बुक्दो प्रान्तको खेसान गुन स्थित धागो सम्बन्धी एसएनएस नामक उद्योगमा  काम गर्दै आएका राई चार वर्ष १० महिने अवधी सकेर नेपाल फर्कने बेला भएको खोटाइ सेवा समाज कोरियाका अध्यक्ष अमृत राईले जनाए  । राईले मे १३ तारिख नेपाल फकर्ने हवाई टिकट पनि लिइसकेको थिए । मृतकबारे सोल राजदूतावासमा प्रहरीद्वारा औपचारीक जानकारी आइसकेको कार्यबाहक राजदूत किरण शाक्यले जानकारी गराए ।

याे पनि पढ्नुस  अमेरिकी कम्प्युटर नेटवर्कलाई हानि पुर्याउने उत्तर कोरियाको दाउ

कोरियामा यस अघि मार्च २७ तारिख तपिन कटुवाल र एप्रिल १० तारिख सुनसरीका चुडाराज आलेको सुतेकै आवस्थामा अचानक निधन भएको थियो । पछिल्लो समय कोरियामा सुतेकै अवस्थामा अचानक मृत्यु हुने संख्या बढ्न थालेपछि नेपाली कामदारहरु चिन्तित बन्न थालेका छन् । कोरियामा रहेका नेपाली कामदारहरुले राति सुतेपछि बिहान उठ्ने हो की हैन सुतेको सुतेकै पो हुने होकी भन्दै फेसबुक सञ्जालमा चिन्ता व्यक्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्