अब चुनावको जानकारी मोबाइल एप्सबाट

काठमाडौं, वैशाख १५ । निर्वाचन आयोगले चुनावसँग सम्बन्धित जानकारी सहजरुपमा उपलब्ध गराउन मोबाइल एप्स निर्माण गरेको छ ।

मोबाइलमा डाउनलोड गरी राखेपछि उक्त एप्सबाट मतदाताको व्यक्तिगत विवरण र मतदानका बारेमा आवश्यक सूचना प्राप्त गर्न सकिने छ ।

आयोगले एप्सलाई सार्वजनिक भने गरेको छैन ।

मोबाईल एप्सका माध्यमबाट इन्टरनेटको पहुँच हुने आम मतदातालाई निर्वाचनका बारेमा सबै सूचना प्राप्त हुने आयोगले जनाएको छ ।

एप्सको प्रयोगबाट मतदाताले मतदानस्थलदेखि मत कसरी खसाल्ने सम्मका जानकारी पाउने छन् ।

आयोगले मतदाता शिक्षाका बारेमा पोष्टहरु समेत व्यापकरुपमा वितरण गरेको छ । यस्ता पोष्टरमा मतदाता शिक्षा, आचारसंहिता आदिका बारेमा जानकारी राखिएको छ । मोबाइल एप्सले चाहिँ सबैभन उत्कृष्टरुपमा सूचना प्रवाह गर्ने देखिन्छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: