दुर्इ चरणमा चुनाव गर्ने निर्णय तत्काल फिर्ता लिन फोरम नेपालको माग

काठमाडौं, वैशाख १५ । स्थानीय तहको चुनाव दुई चरणमा गर्ने सरकारको निर्णय तत्काल फिर्ता लिन संघीय समाजवादी फोरम नेपालले माग गरेको छ ।

फोरम नेपालसमेत सहभागी मधेसी मोर्चाको आग्रहमा सरकारले वैशाख ३१ र जेठ ३१ गते गरी दुई चरणमा चुनाव गर्ने निर्णय गरेको थियो । तर हाल फाेरम नेपालले एक विज्ञप्ती सार्वजनीक गर्दै स्थानीय तहको चुनाव दुई चरणमा गराइए पहिलो चरणको मत परिणामले दोस्रो चरणको चुनावी नतिजालाई प्रभावित पार्ने र सामाजिक मनोविज्ञानलाई पनि विभाजित गर्ने भन्दै चुनाव मिति एकै पटक हुनुपर्ने माग अघि सारेको छ ।

त्यस्तै फोरम नेपालले नेपाली सेना जस्तो व्यावसायिक संगठनलाई चुनावी सुरक्षाका नाममा देशको आन्तरिक मामिलामा परिचालन गर्न नहुने पनि बताएको छ । सेना परिचालनले नेपाली सेनाको गरिमा, प्रतिष्ठा र वर्षौदेखि कायम रहिआएको व्यावसायिकतामाथि आँच पुग्ने भन्दै फोरमले स्थानीय चुनावमा सेना परिचालन पनि रोक्नुपर्ने माग गरेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: