रूकुम जीप दुर्घटनामा मृत्यु हुनेकाे संख्या पाँच पुग्याे

रुकुम, वैशाख १५ । रुकुमको आठबिसकोट नगरपालिका–१४ पिपलचौरमा जीप दुर्घटना हुँदा एक जना बालकसहित पाँच जनाको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो पिपलचौरमा ग १ ज २०६ नं.को जीप दुर्घटनामा पाँच जनाको मृत्यु हुनुका साथै ११ जना घाइते भएका हुन् । गाडीमा १९ जना रहेको र अझै पनि २ जना हराइरहेको प्रहरीले जनाएको छ ।

घटनामा रूकुम चौरजहारी नगरपालिका–८ का एक वर्षीय श्रीजन बुढा र जाजरकोट सक्ला– ७ का २८ वर्षीय कुमबहादुर बस्नेतको मृत्यु भएको हो । एक जनाको भने परिचय नखुलेकाको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरीक्षक थम्मनबहादुर रजालीले जानकारी दिए ।

आठबिसकोट नगरपालिका– १४ छेपारेबाट सोही ठाउँको चिसापानी जाँदै गरेको जीप क्षमताभन्दा धेरै यात्रु बोकेको र तीव्र गतिमा रहेका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । चालक भने फरार रहेका छन् ।

जीप सडकभन्दा करिब १५० मि तल ठूलोभेरी नदीमा परेको थियो । घाइतेलाई जिल्ला अस्पताल जाजरकोट र केहीलाई थप उपचारका लागि नेपालगन्ज पठाइएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्