स्थानीय निकायको निर्वाचन र युवा सहभागिता

स्थानीय निकायको निर्वाचनको मिति नजिकीदै छ । शहरको चिया पसलदेखि गाउँको चौतरासम्म विभिन्न पार्टीबाट हुने उम्मेदवारहरुको चर्चा चल्न थालेको छ । यस निर्वाचनमा अधिकांंश मतदाता युवा उमेर समूहका छन् । तर आजको युवापुस्ता राजनीतिलाई घृणाको दृष्टिले हेर्छन् । आजको युवापुस्ता आफूलाई राजनीतिबाट टाढा राख्न चाहन्छन् । आखिर किन ? यो एउटा गहन अध्ययनको विषय हो ।

नीरज अग्रवाल

देश विकास र परिवर्तन अह्म भूमिका खेल्न सक्ने युवा पिढिं जिम्मेवारी बाट भाग्न खोजेको हो भन्ने प्रश्न चिन्ह उठ्छ । अहिलेको अधिकांश युवापुस्तालाई देशको राजनीतिक अवस्थाको बारेमा जानकारी हुनु त धेरै परको कुरा हो सामान्य कुरा जस्तै देशको राष्ट्रपति, प्रधानमन्त्रीको नाम समेत थाहा नभएको स्थिती छ । करिब २ वर्ष अगाडी एम.वि.वि.एस.को पढाइ सकेर अहिले जागिरको खोजीमा रहेका एक युवासँग मेरो भेटमा उनको राजनीतिप्रतिको आक्रोस लाग्थ्यो । यो देशमा भएको वेतीथि र सिस्टमको विकृतीका बारेमा उनको विचार सही छ । उनको भनाई थियो ‘अब म विदेश जान्छु’ मेरो उनलाई प्रश्न थियो आखिर आफ्नो श्रम र पढाई नेपालकै जनतामा किन समर्पण नगर्ने ? नेपाली जनताको सेवा किन नगर्ने उनको जवाफ थियो, ‘अब जागिर खान नेताको घर धाउनुपर्छ । केही गरी जागिर खान पाइहाल्यो भने भोलि सरुवा बढुवाको लागि नेता कै घर धाउनुपर्छ । जनताप्रतिभन्दा नेताप्रति उत्तरदायी बढी हुनुपर्छ ।’ ती युवा त एउटा पात्रमात्र हुन

२०४६ सालमा प्रजातन्त्र आएपछि देशमा परिवर्तन हुने आशा गरेर बसेका तत्कालिन समयका यूवा आज अधवैंशे उमेरमा पुगिसके । ती यूवाको उमेर फेरियो, अनुहारमा भएको चमक चाउरीपनमा बदलियो तर देश बदलेन । यो २५ वर्षमा परिवर्तन हुने ठोस संकेत मिलेन हिजोभन्दा आज वेरोजगारी बढ्यो, रोजगारीको नयाँ अवसर आएन, नेता जनतामूखी भन्दा कुर्सीमूखि भए, राम्रोभन्दा हाम्रोलाई अवसर दिइयो ।

२०४६ साल र ६२/६३ को जनआन्दोलानमा झण्डा र डण्डा बोक्ने हातहरु थकित भए कारण व्यवस्था परिवर्तन भयो, देश र सिस्टम परिवर्तन भएन । यसो भनिरहँदा अब के गर्ने ? देश जस्तो अवस्थामा छ त्यस्तै अवस्थामा रहन दिएर अबको युवापुस्ता खाडी मुलुक र पश्चिमा देशहरुमा आफ्नो श्रम बेच्न विदेशिएर भोलि फेरि देश परिवर्तन भएन भनेर आरोपको पहाड नेतामाथि थोपार्न नेपाल फर्किने ?

आखिर नेता को हो ? कुन ग्रहबाट आएका हुन् र ? हामी नेतृत्व लिनेबाट टाढा जान्छौं देश नेताले विगारे भनेर गफ गर्छौ अब बेला आएको छ युवा पुस्ताले जिम्मेवारी लिने ।

बाग्मतीमा भएको फोहर सफा गर्न आफू पनि त्यो फोहरमा उत्रिनु पर्छ गफ गरेर मात्र त्यो फोहर सफा हुँदैन । यो युग प्रविधिको युग हो । प्रविधि बुझेको युवापुस्ता ले राजनीतिमा आफनो सहभागिता जनाउन, राजनीतिमा स्थापित गराउन यो स्थानीय निकायको निर्वाचन युवापुस्ताका लागि सुनौलो अवसर हो । आफू जुन जुन पार्टीमा आबद्ध छन् ती पार्टी भित्र यस पल्ट हुन गइरहेको स्थानीय तहको निर्वाचनमा युवापुस्तालाई बढी भन्दा बढी अवसर दिन आवाज उठाउनु पर्ने बेला आएको छ ।

२०४६ साल र ६२/६३ को जनआन्दोलानमा झण्डा र डण्डा बोक्ने हातहरु थकित भए कारण व्यवस्था परिवर्तन भयो, देश र सिस्टम परिवर्तन भएन । यसो भनिरहँदा अब के गर्ने ? देश जस्तो अवस्थामा छ त्यस्तै अवस्थामा रहन दिएर अबको युवापुस्ता खाडी मुलुक र पश्चिमा देशहरुमा आफ्नो श्रम बेच्न विदेशिएर भोलि फेरि देश परिवर्तन भएन भनेर आरोपको पहाड नेतामाथि थोपार्न नेपाल फर्किने ?

परिवर्तनका संवाहक युवा राजनीतिमा आउने आवाज आज हजुरबुबा पुस्तादेखि भर्खर १८ वर्ष पुगेर यस पल्ट जिवनमा पहिलो पल्ट मतदान गर्ने युवापुस्ता सम्मको रहेको छ । राजनीतिमा संघर्ष छ तर सफलता पनि छ । स्व. वि.पि. कोइराला ३५ वर्षको उमेरमा देशको गृहमन्त्री भइसकेका थिए भने स्व.मदन भण्डारी ४० वर्षको उमेरमा ने.क.पा. एमालेका महासचिव भइसकेका थिए । विश्व इतिहासमा ३० देखी ४५ वर्ष उमेर भएका धेरै युवानेताहरुले देशको सर्वोच्च पद सम्हालिसकेका छन् तर बिडम्बना नेपालका आज दलहरु युवापुस्तामा राजनीति हस्तान्तरण गर्न उदासिन्छन् ।

काँग्रेसका युवा नेता गगन थापाले ५५ वर्षको उमेरमा राजनीनितबाट सन्यास लिने सार्वजानिक घोषणा गरेका छन् उनको यो कदमलाई नेपालका सम्पुर्ण दलहरुले गम्भीरतापूर्वक लिन जरुरी छ । आजको युवापुस्तामा जुन जोश छ त्यो अबको १०—१५ वर्ष पछि रहदैन । युवाको आजको जोशलाई आन्दोलनको अग्र मोर्चामा मात्र प्रयोग गर्ने की ? अब त्यो जोशलाई देश बनाउने महान अभियानमा ? यो दलहरुको निर्णयमा भरपर्छ ।

देशका हरेक आन्दोलन, क्रान्ति र परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेका यूवाहरुलाई अब आर्थिक क्रान्ति, शैक्षिक क्रान्ति र कृषि क्रान्तिमा महत्वपूर्ण भूमिका खेल्न हुन गइरहेको स्थानीय निकायको निर्वाचनमा बढी भन्दा बढी उम्मेदवारका रुपमा सहभागीता गराउनु पर्ने धारणा आम नेपालीको रहेको कुरा सम्पूर्ण दलहरुले बुझेमा अबका दिनमा राजनीति प्रति युवाको वितृस्णा कम गर्न केही मद्दत पुग्ने थियो ।

लेखक नेवि संघका केन्द्रिय सदस्य हुन्  ।

कमेन्ट गर्नुहोस्