सुदूरपश्चिममा काठ तथा चोरी शिकारीका घटना बढ्दै

कैलाली, वैशाख १६ । सुदूरपश्चिममा प्रत्येक वर्ष काठ तथा वन्यजन्तु तस्करीका घटना बढि रहेका छन् । विभिन्न सुरक्षा तथा सयन्त्रकाविच पनि सबैभन्दा बढि काठ र वन्यजन्तु तस्करीका घटनामा बृद्धि भइ रहेका हुन् । पछिल्लो दुइ वर्षयता मात्रै सबैभन्दा बढि काठ र वन्यजन्तुको तस्करीका घटना बढि रहेको देखिन्छ । गत आर्थिक वर्षमा काठ तस्करीका ८६ मुद्धा सुदूरपश्चिम क्षेत्रिय वन दिर्नेशनालय धनगढीमा परेका थिए । चालु आर्थिक वर्ष २०७३-०७४ को फागुनसम्म २५ मुद्धा दर्ता भएका जनाइएको छ । हालसम्म ३१ मुद्धा अदालतबाट फैशला भएका छन् भने ८० मुद्धा फैशला हुन बाँकि रहेका निर्देशनालयका इन्जीनियर लोकराज दाहालले जानकारी दिए । सबैभन्दा बढि कैलाली र कञ्चनपुरमा काठ तस्करी हुने क्रम बढ्दो रहेको उहाँले बताउनुभयो । यी दुइ जिल्लामा रातीको मौका छोपी तथा सुरक्षाकर्मीको आँखा छलेर बयलगाडामा पनि काठ तस्करी हुने क्रम बढि रहेको इन्जीनियर दाहालले बताए ।
यस्तै वनन्यजन्तु चोरी तस्करीका घटना पनि बर्सेनी बढ्दै गएको तथ्याङ्कले देखाउँछ । गत आर्थिक वर्षमा ६ वटा बन्यजन्तु तस्करी सम्बन्धी मुद्धा परेकामा चालु आर्थिक वर्षको फागुन मसान्तसम्म मात्रै ६ वटा मुद्धा दर्ता भएका निर्देशनालयले जनाएको छ । यी मध्ये ४ वटा मुद्धा मात्रै फैसला भएका छन् भने, बाँकि ८ वटा फैशला हुन बाँकि रहेका इन्जीनियर दाहालले बताए । उनका अनुसार सबैभन्दा बढि आखेटोपहार, बाघ तथा चित्तलको छाला चोरी तस्करी सम्बन्धीका मुद्धा बढि रहेका छन् । कैलाली र कञ्चनपुर हुँदै ओसारपसार हुने क्रम बढेकाले यी दुइ जिल्लाबाट नै पछिल्लो समय बन्यजन्तु सम्बन्धी घटना पनि बढि रहेको इन्जीनियर दाहालको भनाइ छ ।
क्षेत्रिय वन निर्देशनालयले काठ तथा वन्यजन्तु चोरी तस्करीका घटना नियन्त्रण गर्न विभिन्न जनचेतना मुलक कार्यक्रम संचालन गर्दै आएको बताएको छ । विगतभन्दा आगामी वर्षहरुमा यस्ता घटनामा कमी आउने वन कार्यालयको विश्वास छ । विगतमा जनशक्ती तथा जनचेतनाको कमीले चोरी शिकारका घटना बढे पनि हाल वन कर्मचारीको संख्या पनि बढेकाले केही नियन्त्रणमा आउन सक्ने क्षेत्रिय वन निर्देशनालयका प्रमुख सुधिर कुमार कोइरालाले बताए । विगतभन्दा सयन्त्र पनि प्रभावकारी रहेकाले आगामी दिनमा वन्यजन्तु चोरी तस्करीका घटनामा कमी आउने उहाँले दाबी गरे । काठ तथा वन्यजन्तु चोरी तस्करीमा संलग्न रहेको शंकालागेमा नजिकको वनमा सम्र्पक गर्न पनि वन निर्देशनालयले आग्रह गरेको छ । यस्तै वन अतिक्रमण, जडिबुटी,ढुङ्गा गिट्टी लगायतका मुद्धाहरु पनि बढ्दै गएका छन् । गत र चालु आर्थिक वर्ष गरि १२ मुद्धा क्षेत्रिय वन कार्यालयमा परेकामा ४ को फैशला भएको छ । भने, ८ वटा मुद्धा फैशला हुन बाकि छन् । यस्तै जडिबटि चोरी निकासी सम्बन्धी गत र चालु आर्थिक वर्ष गरि ५ मुद्धा परेका छन् । ति मध्ये १ को फैशला भएको छ भने बाँकि ५ वटा मुद्धा फैशला हुन बाँकि रहेका जनाइएको छ । सबैभन्दा बढि यार्सागुम्बा, सतुवा, चिराइतो, वन लसुन लगायतका बहुमूल्य जडिबटि चोरीतस्करी भइरहेको क्षेत्रिय वन निर्देशनालयको भनाइ छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: