पहिलो चरणको स्थानीय निर्वाचनका लागि अधिकांश जिल्लामा माओवादी केन्द्रको उम्मेदवारी तय

कांग्रेसले १५ जिल्लामा टुङ्ग्यायो

काठमाडौं , वैशाख १६ । सत्तारुढ नेकपा माओवादी केन्द्रले यहि बैशाख ३१ गतेका लागि तय स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि अधिकांश जिल्लामा उम्मेदवारी टुङ्गो लगाएको छ ।

काठमाडौँमा काठमाडौँ महानगरबाहेकका सबै स्थानमा, ललितपुरमा महानगर र गोदावरी नगरपालिकाबाहेक सबैमा टुङ्गो लागेको छ । भक्तपुरमा आज सबै क्षेत्रको उम्मेदवार घोषणा गरिने बताइएको छ ।

रामेछाप, चितवन, मकवानपुर, कपिलवस्तु, दोलखा लगायत जिल्लामा पनि उम्मेदवारको टुङ्गो लागिसको छ । बाँकीमा जिल्लाका केही स्थानमा टुङ्गिएको छ भने केही दिनभित्रै सबै स्थानमा टुङ्गिने छ ।
‘प्रतिस्पर्धी पार्टीहरूको उम्मेदवार हेरेर पनि बाँकी रहेका ठाउँमा उम्मेदवार निर्धारण गर्नुपर्ने भएकाले मात्र कृहि स्थानमा रहेको पार्टीले जनाएको छ ।

 नेपाली काँग्रेसले पहिलो चरणको स्थानीय तहको चुनावका लागि  १५ जिल्लाका उम्मेदारको टुङ्गो लागेको  छ । अाज सम्म २८ भन्दा बढी जिल्लाका उम्मेदवारको नामावली केन्द्रीय कार्यालयमा आइपुग्ने पार्टी कार्यालयका मुख्य सचिव कृृष्णप्रसाद पौडेलले बताए ।

कमेन्ट गर्नुहोस्