कांग्रेसका वर्तमान पदाधीकारी तथा पुर्व–पदाधीकारीहरुको बैठक बस्दै

काठमाडौं , वैशाख १६ । नेपाली कांग्रेसका वर्तमान पदाधीकारी तथा पुर्व–पदाधीकारीहरुको बैठक बस्दैछ ।

पार्टी केन्द्रिय कार्यलय सानेपामा  बिहान ११ बजे  बस्ने बैठकले समसामयिक राजनितिक बिषय, संविधान संसोधन विधेयक, दुई चरणको स्थानीय निर्वाचन र बजेट बारे पार्टी नेतृत्वलाई सुझाव दिनेछ । सरकारको मुख्य घटक कांग्रेस मधेसी मोर्चालाई समेत सहभागी गराएर स्थानीय तहको निवाचन गर्दै सरकारको नेतृत्व लिने तयारीमा छ ।
त्यसका लागि संसदमा बिचाराधिन संविधान संसोधन विधेयक पास गर्नुपर्ने र प्रमुख प्रतिपक्षि एमालेलाई मनाउनुपर्ने हुन्छ । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रवार सर्वदलिय बैठक आब्हान गरेर सर्वपक्षिय सहमतिका लागि प्रयास गरेपनि रिजल्ट आईसकेको छैन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: