एसइई परीक्षार्थीका लागि ‘हवाइट हाउस एसएलसी प्रिन्सेस २०१७’

काठमाडौं, वैशाख १६ ।  एसइइ परीक्षा दिएर बसेका युवतीहरुको लागि ‘ह्वाट हाउस एसएलसी प्रिन्सेस २०१७’ मिस ई कलेज, जुनियर स्कूल प्रिन्सेस्, मिस एयर होस्टेस्, मिस टिन कलेज कार्यक्रमको निरन्तरतासँगै सिजन मिडिया प्रा.लि.ले विगत ८ वर्षदेखि निरन्तररुपमा गर्दै कार्यक्रमको पहिलो अडिसन शनिबार काठमाडौंको कमलादीस्थित सिजन मिडियाको कार्यालयमा ४० जना प्रतियोगीहरु छनौट गरिएको छ ।

यसैवर्ष एसइइ परिक्षा दिएर बसेका छात्राहरुको सहभागिता रहने छ उक्त प्रतियोगितामा काठमाडौं र नेपाल भरवाट एसइइ परिक्षा दिएका छात्राहरुको लागि मध्यनजर गरी उनीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमताको आवश्यकताको जानकारी र सोहीअनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज उपायोगी जिम्मेवार व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले साथै यसले उनीहरुको उच्च शिक्षा अध्ययनमा सहयोग र उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्याउने उदेश्यले यो कार्यक्रमको निरन्तरता दिन लागिएको बताउँछन्, सस्थाका प्रबन्ध निर्देशक प्रदीपराज वन्त ।

उक्त प्रक्रियावाट छनौट भएका प्रतियोगीहरुलाई २०७४ वैशाख १७ गते आइतबारबाट डेढ महिनासम्मको लामो अवधिको प्रशिक्षण दिइने छ ।

प्रशिक्षणको क्रममा पौडी, शारारिक फिटनेश ,फोटो सेसन व्यक्तित्व विकास सम्बन्धी पनि प्रशिक्षण दिइने छ । साथै उच्च शिक्षाको लागि कलेजले लिने इनट्रान्स परिक्षाको लागि तयारी कक्षाहरु पनि अध्यापन गराइने छ ।

विभिन्न सामाजिक संस्थाहरुको संस्थागत भ्रमण जस्तै, माइती नेपाल, बाल आश्रम, वृद्धाश्रम आदि मिडिया भिजीट ,चन्द्रागिरि भ्रमण, काठमाडौं फन भ्याली भ्रमण, कल्चरल भिजिट, कलेज भिजिट र हस्पितालिटी सम्बन्धि जानकारी प्रदानको लागि एकदिनको नगरकोट वा दामन भ्रमण पनि गराइने छ ।

साथै विभिन्न कलाकारहरुसँगको अन्तरक्रियाको पनि कार्यक्रमहरु रहने छ । समाजसेवा अन्तर्गत रक्तदान कार्यक्रम, बागमति सरसफाई कार्यक्रम, फुटसल प्रतियोगितालगायत विभिन्न अनय विधाहरुमा पनि आन्तरिक प्रतिष्पर्धा हुनेछ । स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विद्यामा भने कोरियोग्राफर रोजीन शाक्यले गु्रमिङ गर्ने भएको छ ।

असारको पहिलोे साता उत्तm प्रतियोगीताको अन्तिम प्रतिष्पर्धा हुनेछ ।

प्रतियोगिताका विजेताले ‘एसएलसी प्रिन्सेस २०१७’ को ताज उपाधि सहित नगद रु ५० हजार र उच्च शिक्षामा २ लाखबराबरको छात्रावृत्तिका साथै अन्य गिफ्टहयाम्पर पाउने छन । फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमशः ३० हजार र २० हजार नगद तथा उच्च शिक्षामा १ लाखबराबरको छात्रावृत्ति अन्य गिफ्टहयाम्पर प्राप्त गर्ने छन् ।

यसबाहेक अन्य विभिन्न २१ विधामा पनि विजेता छनौट गरिने छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: