सुदूरपश्चिम ११ सेमिफाइनलमा प्रवेश

लोकेश धामी

कैलाली, बैशाख १६ । भारतको युपीमा जारी ए.पी.जे अब्दुल कलाम मेमोरीयल रीयल स्टेट फुटबल टुर्नामेन्टमा सुदूरपश्चिम ११ सेमीफाईनलमा प्रवेश गरेको छ ।

अत्याधिक प्रतिस्पर्धात्मक रहेको उक्त खेलमा सुदुरपश्चिम ११ ले खैरावाद स्पोर्टिङ्ग क्लब यूपीलाई ५/४ गोलको अन्तरले पराजित गर्दै सेमीफाईनल प्रवेश गरेको हो ।

याे पनि पढ्नुस  कैलालीका सामुदायिक विद्यालयमा विद्यार्थी घट्दै, ४ बर्षमा २० हजार विद्यार्थी घटे

सुदुरपश्चिमलाई जिताउन चेतन थारुले हेट्रीक गरे भने प्रणय अन्जन र विनोद केसीले १/१ गोल गरे । आज राती ८ बजे हुने सेमीफाईनल खेल्नेमा सुदुरपश्चिम ११ ले बरेलीको, बरेली होस्टेल फुटवल क्लबसँंग खेल्ने छ ।

कमेन्ट गर्नुहोस्