पुष्पल र एलिसा राईको रोमान्स (भिडियो सहित)

बैशाख १६ । गायक शिव भुषालको ‘किन तानेको मेरो पछ्यौरी मखमली…’ बोलको गीत सार्वजनिक भएको छ ।

छेडखानी गर्ने रोमान्टिक यो गीतमा चर्चित मोडल एलिसा राई र मोडल पुष्पल खड्काको अभिनय रहेको छ । पुष्पल र एलिसाले यस भिडियोमा निकै रोमान्स गरेको देख्न सकिन्छ ।

चर्चित गायिका अञ्जु पन्तले गीतमा गायक भुषाललाई स्वरमा साथ दिएकी छिन् ।

गीतकार तथा गजलकार नृपेश उप्रेतीका शब्द शृजनामा पछिल्लो समयका ब्यस्त अनि चर्चित संगीतकार अर्जुन पोखरेलले संगीत भरेको गीतलाई सुब्रत आचार्यले निर्देशन गरेका हुन् । गीतमा सुनील क्षेत्रीको कोरियोग्राफी रहेको छ । जसमा अर्जुन तिवारीको छायांकन तथा भरत रेग्मीको सम्पादन रहेको छ ।

यस्ताे छ भिडियाे

कमेन्ट गर्नुहोस्

%d bloggers like this: