विशाल स्मृति गोल्डकपकाे उपाधी आर्मीलाई

काठमाडौं, वैशाख १६ । वीरगन्जमा सम्पन्न विशाल स्मृति गोल्डकप फुटबलको उपाधी नेपाल आर्मी क्लबले जितेको छ ।

शनिबार भएको फाइनलमा संकटा क्लबलाई २–० गोलले पराजित गर्दै आर्मीले उपाधी जित्न सफल भएको हो ।

आर्मीले खेलको ६८ औँ र ७० औँ मिनेटमा गोल गरेको थियो । आर्मी नव जनजागृती क्लबलाई हराउँदै फाइनल पुगेको थियो ।

संकटलाले फाइनल पुग्न नेपाल पुलिसलाई हराएको थियो । अघिल्लो वर्ष विभिन्न प्रतियोगिताको फाइनलमा तीन पटक भेट भएकोमा तीनै पटक संकटा विजयी भएको थियो ।

आर्मीले जितसँगै पाँच लाख र उपविजेता संकटाले दुई लाख रुपैयाँ पुरस्कार पाएका छन् ।

कमेन्ट गर्नुहोस्