मेयरको विषयमा कुरा नमिलेपछि कार्यकर्ताले लगाए एमाले पार्टी कार्यालयमा ताला

सिन्धुपाल्चोक, वैशाख १६। नेकपा एमाले सिन्धुपाल्चोकमा मेयरको विषयलाई लिएर विवाद भएपछि कार्यकर्ताले कार्यालयमा तालाबन्दी गरेका छन् ।

एमाले स्थायी कमिटिले शनिवार मेलम्ची नगरपालिकाको मेयरमा डम्बर अर्याललाई उम्मेद्वार बनाउने निर्णयसँगै एमाले कार्यकर्ताले क्षेत्रिय कार्यालय मेलम्चीमा तालाबन्दी गरेका हुन् ।

मेलम्ची नगरपालिकाको मयेरमा जिल्लाबाट धर्मकृष्ण श्रेष्ठ, डम्बर अर्याल, मित्रलाल चौलागाई र बालकृष्ण देउजालाई मेयरको लागि केन्द्रमा सिफारिस गरेको थियो । तर एमाले स्थायी कमिटिले अर्याललाई उठाउने निर्णयसागै तालाबन्दी गरेको हो ।

प्राय सबैको माग श्रेष्ठलाई बनाउनुपर्छ भन्ने भएपनि पार्टीले अर्याललाई बनाएपछि तालाबन्दी गरेको एमालेनिकट एक नेताले बताए ।

करिब २ सय एमाले कार्यकर्ता आएर क्षेत्रीय कार्यालय मेलम्ची शनिवार आज दिउँसो तालाबन्दी गरेका हुन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: