संविधान संशोधन विधेयकमाथि संसदमा छलफल हुँदै,

पक्षमा ३९३ र विपक्षमा १९५ मत

काठमाडौँ, वैशाख १७ । ब्यवस्थापिका संसदमा  संविधान संसोधन विधेयकमाथी छलफल हुँदैछ ।

संविधान संशोधन विधेयकमा सत्ता गठबन्धन र मधेसी मोर्चाका पाँच सांसदको संयुक्त, एमालेका करिब तीन दर्जन, नेमकिपा र मालेका सबै सांसद र साना दलका सांसदले छुट्टाछुट्टै ५० वटा संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

संसद्को विधेयक शाखामा संशोधनको समय गएराति साढे दस बजेसम्म प्रस्ताव दर्ता गरिएको हो ।
‘संशोधनका धाराहरू बहुमतले र विधेयक दुईतिहाइ मतले पारित गरिनेछ । संसद्को हाल कायम संख्या ५९३ मा विधेयक पारित हुन ३९६ दुईतिहाइ मत आवश्यक पर्छ ।

संशोधनका पक्षमा कुल ३९३ मत पुगेको छ ।

विपक्षमा कुल  १९५

दुई तिहाइ मतले संशोधन प्रस्ताव पारित गराउन सरकारलाई अझै चार मत आवश्यक पर्छ ।

कमेन्ट गर्नुहोस्