संशोधनका पक्षमा मतदान गर्ने राप्रपाको औपचारिक निर्णय

काठमाडौं, वैशाख १७ । सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टीले व्यवस्थापिका संसदमा दर्ता भएको संविधान संशोधन विधेयकका पक्षमा मतदान गर्ने औपचारिक निर्णय गरेको छ ।

संसदको आजको बैठकमा संशोधन प्रस्तावमाथि मतदान हुने कार्यतालिका रहेपनि आगामी २१ गतेसम्मका लागि स्थगित गरिएको छ । राप्रपाका तर्फबाट भने दश जना सांसद आजको बैठकमा अनुपस्थित रहेका थिए ।

राप्रपा संसदीय दलको बैठकले व्यवस्थापिका–संसद्मा ल्याएको संविधान संशोधन प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको हो । बैठकले वर्तमान अवस्थामा देखिएको राजनीतिक गतिरोध अन्त्यका लागि संशोधन प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको नेता दिपक बोहराले जानकारी दिनुभयो ।

संसदमा राप्रपा नेपालका ३७ जना सांसद रहेका छन् । सरकारलाई संशोधनका पक्षमा तीन मत आवश्यक छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: