चुनाव कुनै पनि हालतमा सर्दैन, संशोधन पनि पारित हुन्छ– प्रधानमन्त्री

काठमाडौं, वैशाख १७ । स्थानीय तहको निर्वाचन सार्न एमाले र मधेसी मोर्चाका केही दलहरुले प्रस्ताव अघि सारेको चर्चा चलिरहँदा प्रधानमन्त्री प्रचण्डले भने चुनाव कुनै पनि हालतमा नसर्ने बताएका छन् ।

संसद् भवनबाट बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले चुनाव सर्छ भन्ने कि भन्ने द्विविधामा नपर्न ।

“बैशाख ३१ गते निर्वाचन हुन्छ । अब कुनै खालको कन्फ्युजन तपाईं मिडियाका साथीहरुले पार्न र पर्न जरुरी छैन’उनले भने ।

१९ गते मनोनयन दर्ता हुने भन्दै प्रचण्डले मनोनयन दर्तालाई सबै सांसद सहभागी भएर उत्सवका रुपमा मनाउन २१ गते सम्मका लागि संसद बैठक स्थागित गरिएको बताए ।

निर्वाचनलाई प्राथमिकता दिनुपर्ने परिस्थिति बनेको भन्दै उनले २१ गतेको बैठकमा संशोधन प्रस्तावको बारेमा छलफल हुने बताए ।

संशोधन प्रस्ताव पारित हुनेमा उनी विश्वस्त देखिन्थे । मधेसी दल पनि निर्वाचनमा सहभागी हुने वातावरण बनेकोले यसबारेमा भ्रम फिँजाइरहनु आवश्यक नभएको प्रधानमन्त्रीको भनाई थियो ।

प्रधानमन्त्रीले भने- विशेष घटनाक्रमले पहिले निर्वाचनको मनोनयन सक्नुपर्ने देखियो त्यसपछि संशोधन अगाडि बढ्छ। मधेसी मोर्चा पनि आउँछ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: