एमालेद्वारा चुनाव घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगित

काठमाडौं, वैशाख १७ । नेकपा एमालेले निर्वाचन घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रम स्थगित गरेको छ ।

घोषणापत्रमा अझै परिमार्जन आवश्यक रहेको भन्दै पार्टीले आज दिउँसो तीन बजेका लागि निर्धारित कार्यक्रम स्थगन गरेको हो ।

नयाँ सूचना अनुसार, पार्टीको घोषणापत्र भोली बिहान ९ बजे सार्वजनिक हुने बताइएको छ ।

भीम रावल, प्रदीप ज्ञवाली र सुरेन्द्र पाण्डेलाई सुझावहरु सम्पादन गर्ने जिम्मेवारी दिइएपनि आज घोषणापत्र पुरै सम्पादन गर्न नसकिएको एमालेले जनाएको छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: