धेरै सेक्सी भन्दै यी नायिकमाथि लगाइयो प्रतिबन्ध

काठमाडौं, वैशाख १७ । नेपालमा अर्चना पनेरुले प्रतिबन्धित पोर्न भिडियो बनाउने घोषणा गर्दा समेत सम्बन्धित निकाय चुप लागेर बस्छ ।

तर कम्बोडियाको सरकारले भने धेरै सेक्सी भएको भन्दै एक नायिकालाई चलचित्र बनाउन प्रतिबन्ध लगाएको छ । कम्बोडिया सरकारले २४ वर्षीया नायीका डेनी ननलाई एक वर्षसम्म नयाँ फिल्म बनाउन प्रतिबन्ध लगाइएको हो ।

कम्बोडियाली सरकारका अनुसार मिस ननले कलाकारको आचारसंहिताको उल्लंघन गरेको कारण उनीमाथि प्रतिबन्ध लगाइएको हो ।

ननका फेसबुकमा मात्रै तीन लाख भन्दा बढी फलोअर रहेका छन् । कम्बोडियाको संस्कृति र कला मन्त्रालयले ननको सामाजिक सञ्जालको तस्वीरमाथि आपत्ती जनाएको थियो ।

बारम्बार चेतावनी दिँदा समेत नसुध्रेपछि प्रतिबन्ध लगाउनु परेको मन्त्रालयले जनाएको छ ।

ननले भने सरकारी निर्णयप्रति आपत्ति जनाएकी छन् । उनले आफूभन्दा थुप्रै सेक्सी कलाकार भएपनि आफूलाई मात्र प्रतिबन्ध लगाएको बताएकी छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: