मण्डपबाटै दुलाहा पक्राउ परेपछि…

कलैया, वैशाख १७ । विवाह मण्डप सजिएको बेला अकस्मात प्रहरी आएर बेहुलालाई पक्राउ गर्दाको दृश्य कस्तो होला ।

यस्तो दृश्य प्रायः चलचित्रमा देखिने गर्छ । तर कलैया छोटकी फुलबारीका बासिन्दाले भने यो दृश्य आफ्नै आँखा अगाडि देखे । प्रहरीले उनीहरुको आँखा अगाडि बेहुला बनेका राम नरेशप्रसाद यादवालाई पक्राउ गरेका छन् ।

बाराको कलैया उपमहानगरपालिका–१३ छोटकी फूलबारीका २५ वर्षीय रामनरेशप्रसाद यादवले १२ वर्षीया बालिकासँग विवाह गर्न खोजेपछि पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरी टोली विवाहस्थलमा पुग्दा दुबै पक्षका अभिभावक भने फरार भएका थिए ।

बेहुलालाई मुलुकी ऐन विवाहवारी महल अनुसार कारबाही गरिने छ । फरार भएका अभिभावक र संलग्न पण्डितको खोजी भइरहेको प्रहरीले बताएको छ ।

कमेन्ट गर्नुहोस्