क्यान्सरको उपचारका लागि बेग्लै राष्ट्रिय नीति बन्ने

काठमाडौं, वैशाख १७ । महामारी जस्तै फैलिएको क्यान्सर रोगको उपचारलाई थप प्रभावकारी र बिरामी मैत्री बनाउन राष्ट्रिय नीति बन्ने भएको छ ।

विश्व स्वास्थ्य संगठन र स्वास्थ्य विभागको व्यवस्थापन महाशाखाले यस्तो नीति बनाउन विज्ञहरुसँग छलफल गरेको छ ।

कार्यक्रममा स्वास्थ्य मन्त्री गगन थापाले छिट्टै क्यान्सरको उपचार सम्बन्धी राष्ट्रिय नीति ल्याइने जानकारी दिए । नेपालमा क्यान्सर रोगका बिरामीहरुको यकिन तथ्यांक थाहा पाउने विधिसमेत नभएको भन्दै उनले राष्ट्रिय नीतिले सबै समस्या समाधानको बाटो खोल्ने बताए।

याे पनि पढ्नुस  किन पुरुषमा भन्दा महिलामा बढी क्यान्सर हुने गर्छ ? यस्तो छ अध्ययन

क्यान्सरको उपचार गराउन नसकेका गरीब जनताका लागि दिईरहेको १ लाख रुपैयाँलाई बढाउनेबारे अर्थ मन्त्रालयसँग छलफल भइरहेको मन्त्री थापाले जानकारी दिए ।

कार्यक्रममा चिकित्सकहरुले क्यान्सर सम्बन्धि नीति बनेपछि क्यान्सरका बिरामीलाई कुन औषधी दिने, कुन किमो चढाउने, रेडियसन कुन समयमा दिने भन्ने स्पष्ट हुने बताएका थिए ।

कमेन्ट गर्नुहोस्