उद्योगपति विनोद चौधरीका छोरा बरुणको भव्य बिहे, ३५ जना पण्डित, चाँदीको मण्डप, सलमान खानदेखि पूर्व राष्ट्रपतिसम्म उपस्थित

काठमाडौं, वैशाख १७ । चर्चित उद्योगपति विनोद चौधरीका छोरा वरुण चौधरीका बारेमा भारतीय मिडियामा चर्चा चलेको छ ।

नेपालका सबैभन्दा धनी व्यक्तिका छोराको भव्य विवाह आशयमा भारतबाट प्रकाशित हुने केही मिडियामा विवाहको बारेमा समाचार प्रकाशित छ ।

दैनिक जागरणले यसलाई शाही विवाहको संज्ञा दिएको छ । वरुण चौधरीको विवाह गत शुक्रबार जयपुर निवासी ज्वैलरी व्यवसायी राजकुमार टोंग्याकी छोरी अनुश्रीसँग भएको थियो । विहा उदयपुरमा भएको थियो ।

यस्तो छ बिहेको वर्णन

जन्ती साँझ साढे सात बजे फतेह प्रकाश पैलेसबाट निस्केर एक घण्टापछि जग मन्दिर पुगेको थियो । विवाहको मुख्य समारोह समेत मन्दिरमा नै सम्पन्न भएको थियो । विवाह शनिबार बिहानसम्म चलेको थियो ।

विवाहमा चाँदीको मण्डप बनाइएको थियो । बत्तीले सजिएका मण्डपमा पुष्कर, वनारसलगायतका भारतका कैयन् सहरबाट आएका ३५ जना पण्डितहरुले मारवाडी शैलीमा सात पटक परिक्रमाको संस्कार पुरा गराएका थिए ।

अतिथीहरुका लागि मिनी कारको व्यवस्था गरिएको थियो । अहमदाबादबाट झिकाइएका ५ सय वटा मिनी कारहरुबाट अतिथीहरुलाई सिटी प्यालेसबाट मन्दिरसम्म पुगाइएको थियो । यसका साथै अतिथीहरुका लागि ७ सय कोठाहरु बुक गरिएका थिए ।

को को थिए अतिथी ?

चर्चित उद्योगपतिका छोराको बिहेमा विश्वका बिभिन्न कुनाबाट चर्चित व्यक्तित्वहरु उपस्थित थिए ।

श्रीलंकाका पूर्व राष्ट्रपति हुसैन मोहम्मद अरसद, बंगलादेशका पूर्व राष्ट्रपति हुसैन मोहम्मद अरसद, फोब्र्सका सिईओ र अध्यक्ष माइकल एस. पेरलिस, कलाकारहरु सलमान खान, शत्रुघ्न सिन्हा, रजनीकान्तकी श्रीमती लता रजनीकान्त, राजनीतिज्ञ दिग्विजय सिंह, कमलनाथलगायतको उक्त अवसरमा उपस्थिति थियो ।

फोब्र्स पत्रिकाले चौधरीलाई सन् २०१६ मा व्लर्ड विलियनर्सको सूचिमा राखेको थियो ।

सन् २०१५ मा चौधरीका जेठा छोरा राहुल चौधरको बिहा मुम्बईका व्यापारीकी छोरी सुरभी खेतानसँग भएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: