चर्चित आरोही उली स्टेकको सगरमाथा चढ्ने क्रममा मृत्यु

काठमाडौं, वैशाख १७ । आरोहणका क्षेत्रमा निकै चर्चित पर्वतारोही उली स्टेकको मृत्यु भएको छ । उनी स्वीट्जरल्याण्ड निवासी हुन ।

दोश्रो शिविर रक्याम्प टु नजिकै खोंचमा खसेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

आरोहण अभ्यासका लागि क्याम्प टु देखि क्याम्प थ्री तर्फ जानुपर्नेमा उनी नुप्चे हिमालतिर अघि बढेका थिए । हिमालयन उद्दार संघका आधारशिविर प्रमूख लाक्पानुर्बु शेर्पाका अनुसार उनी बाटो बिराएर नुप्चेतिर जाने क्रममा लडेको हुनसक्ने आशंका गरिएको छ ।

उनको शव उद्दार गरि हेलिकप्टर मार्फत लुक्ला ल्याईसकिएको छ । लुक्लामा प्रहरी मुचुल्का उठाई आजै साँझसम्म राजधानी पठाइने प्रहरीले जनाएको छ । ४१ वर्षिय उलीले पटक पटक विभिन्न हिमाल आरोहण गरेकै कारण ‘स्वीस मेसिन’ उपनाम दिइएको थियो । उनले यसअघि पनि सगरमाथा आरोहण गरिसकेका थिए ।

यसअघि सन् २००७ मा दक्षिणी मोहोडाबाट अन्नपूर्ण हिमाल आरोहण गर्ने क्रममा चट्टान खसेर घाइते भएका थिए ।

त्यतिबेला २ सय फिट तल खसेका उनी बेहोस र घाइत भएपनि उनले आरोहण भने छोडेनन । उनले कैयन् अन्तर्राष्ट्रिय अवार्ड जितेका छन् । १७ वर्षको उमेरदेखि उनले आरोहणको यात्रा शुरु गरेका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: