राप्रपाले बोलायो आकस्मिक बैठक

काठमाडौं, बैशाख १७ । सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समितिको आकस्मिक बैठक भोलि बोलाइएको छ ।

प्रधानन्यायधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोगको सम्बन्धमा राप्रपालाई कुनै जानकारी नदिइएको भन्दै राप्रपा नेपालले आकष्मिक वैठक डाकेको हो ।

राप्रपा अध्यक्ष तथा उपप्रधान एवं स्थानीय विकासमन्त्री कमल थापाले असहमति जनाउँदै सामाजिक सञ्जालहरुमा चर्काे विरोध पनि गरेका छन् ।

यस वैठकबाट राप्रपाले सरकार छाड्ने कि नछाड्नेबारे भन्ने विषयमा निर्णय गर्ने बुझिएको छ ।

सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेपछि राप्रपा असन्तुष्टि बनेको छ ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: