सुशीला कार्कीको इजालासले सुनायो सुडान घोटालामा संलग्न तीनजना पूर्व आइजिपीलाई जेल चलान

काठमाडौं, वैशाख १७ । सर्वोच्च अदालतले सुडान घोटाला काण्डमा संलग्न नेपाल प्रहरीका तीन पूर्व आइजिपीलाई जेल सजाय सुनाएको छ । प्रधानन्यायधीश सुशीला कार्कीविरुद्ध संसदमा महाअभियोग दर्ता भएकै दिन प्रधानन्यायाधीश कार्कीसहित प्रधानन्यायाधीश सुशीला कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले उनीहरुलाई दोषी ठहर गरेको हो । विशेष अदालतको फैसला उल्ट्याएर पूर्व प्रहरी प्रमुख ओमविक्रम राणा, रमेशचन्द ठकुरी र हेमबहादुर गुरुङलाई दोषी ठहर गरेको हो ।

सर्वोच्चले पूर्व प्रहरी प्रमुख ओमविक्रम राणालाई २ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तथा रमेशचन्द ठकुरी र हेमबहादुर गुरुङलाई जनही एक वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको हो ।

यस्तै तत्कालीन डिआइजी श्याम सिंह थापा र दीपक सिंह थाङ्देनलाई जनही एक वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तथा दीपककुमार श्रेष्ठ र रविप्रताप राणालाई जनही ६ महिना कैद र ३० हजार जरिवानाको सजाय सुनाइएको छ ।

सुडानमा रहेको नेपाली मिसनको लागि बन्दोबस्तीका सामाग्री किन्दा ठूलो गरेको ठूलो रकम हिनामिनालाई सुडान काण्ड नाम दिइएको थियो ।

बहुचर्चित सुडान घोटाला मुद्दामा सर्वोच्च अदालतले तत्कालीन महानिरिक्षकहरु ओमबिक्रम राणा, हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरीसहित ठेकेदार कम्पनीका प्रतिनिधि शम्भु भारतीयले २९ करोड विगो दावी गरेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: