माटोको ढिस्कोले पुरिएर चारजनाको मृत्यु

सर्लाहीमा, वैशाख १७ । माटोको ढिस्कोेले पुरिएर सर्लाहीमा चारजनाको ज्यान गएको छ भने अन्य एकजना घाइते भएका छन् ।

घर पोत्ने माटो लिन गएका इश्वरपुर नगरपालिका–१४ को सागरनाथ जंगलमा गएका रामवतीदेवी, अभिषेकुमार महतो, अंशु कुमारी महतो र बवितादेवीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

ज्यान जाने चारै जना इश्वरपुर नगरपालिकाका हुन् । माटोको ढिस्कोले पुरेर घाइते भएकी रामरतीको जनकपुरमा उपचार भैरहेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: