प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्तावका कारणहरु

काठमाडाैं, बैशाख १७ । सत्तारुढ कांग्रेस र नेकपा ९माओवादी केन्द्र०का सांसदले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन् । उनीहरुले कार्कीलाई कार्यकारीको अधिकारमा हस्तक्षेप गरेकोदेखि न्यायाधीशहरुलाई फरक व्यवहार गरेको आरोप लगाएका छन्।
यस्ता छन् प्रधानन्यायधि सुशीला कार्कीमाथि लगाइएको आरोप

के के छन् त आरोपहरु बुंदागत रुपमा पढौं ।

१. प्रधानन्यायाधीश कार्कीले कार्यकारी अधिकारमाथि हस्तक्षेप गरेको ।

२. आइजिपी प्रकरणमा पहिलोलाई दोस्रो र दोस्रो हुनेलाई पहिलो बनाई कामसु तोडमोड गरेर फैसला गरेको ।

३. न्यायालयको स्वतन्त्रतामा हस्तक्षेप गर्दै सिमित न्यायाधीसलाई इजलासमा राखेको

४. कार्यविधि र कानुनको पालना नगरेको ।

५. न्यायालयको गरिमा र स्वच्छतामा आघात पुर्याएको ।

६. शक्ति पृथकिकरणको सिद्धान्तमा आँच पुर्याएको ।

७. सर्वोच्च अदालतभित्र गुटबन्दी गरेको ।

८. न्यायसम्पादन स्वतन्त्रतापूर्वक नगरेको ।

९. खराब आचरण गरेको ।

कांग्रेस र माओवादीका २४९ सांसदले हस्ताक्षर गरेको महाअभियोग प्रस्ताव संसदमा दर्ता भइसकेको छ।

कमेन्ट गर्नुहोस्