मतदाताहरुलाई धम्की दिएको भन्दै विप्लवका २५ नेता कार्यकर्ता पक्राउ

रुकुम, वैशाख १९ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रुकुमका सेक्रेटरी चन्द्रबहादुर बुढासहित २५ जना नेता कार्यकर्ता पक्राउ परेका छन् ।

निर्वाचन विथोल्ने गतिविधिमा सक्रिय भएको भन्दै पार्टीका जिल्ला सेक्रेटरी चन्द्रवहादुर बढा, सह–सेक्रेटरी गम्भिर, जिल्ला सदस्य हिरामणि रावल, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष दिपक बिष्ट, मुसिकोट खलंगा बहुमुखी क्याम्पस खलंगाका प्राध्यापक हरिविष्णु ओलीसहित जिल्ला तहका नेता कार्यकर्ता गरी २५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

याे पनि पढ्नुस  सैनिक पोशाकमा विप्लवको उद्घोष: अब रोल्पामा होइन काठमाडौंमै हतियार उठाइन्छ

२४ जनालाई जिल्लाको आठविसकोट नगरपालिकाको राडिबाट र १ जनालाई सदरमुकाम मुसिकोटबाटै नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

विभिन्न पार्टीका उम्मेदवारहरुलाई उम्मेदवारी नदिन तथा मतदाताहरुलाई भोट नहाल्न धम्की दिने, चन्दा असुल्ने, धम्कीपूर्ण भाषामा पर्चा पम्प्लेटहरु निकाल्ने जस्ता गतिविधिहरु गरिरहेकाले निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुस  बृद्ध नेतालाई भत्ता दिने विप्लवको घोषणा

कमेन्ट गर्नुहोस्