ललितपुरको इमाडोलमा आगलागी हुँदा तीन घाइते

काठमाडौं, वैशाख २०।

ललितपुरको इमाडोलमा बुधबार बिहान लागेको आगलागीमा परि एकै परिवारका तीनजना घाइते भएका छन् । इमाडोलको कृष्ण मन्दिर नजिक पर्ने ढुंगेसाँघु भन्ने ठाउँमा रहेको झोला बनाउने कारखानामा बिहान चार बजेतिर आगलागी हुँदा  स्थानीय सुशीला सापकोटा, उहाँकी छोरी १४ वर्षिया शुभेच्छा र १२ वर्षिय छोरा सुलभ घाइते भएका हुन ।

याे पनि पढ्नुस  वीरगञ्जको ग्यास उद्योगमा आगलागी, दुईको शव भेटियो, दुई कर्मचारी सम्पर्कविहीन,

उनीहरुको इमाडोलमा रहेको किस्ट अस्पतालमा उपचार भइरहेको छ । अगालागीका कारण एक करोड ६५ लाख रुपैयाँ बराबरको क्षती भएको छ ।

कमेन्ट गर्नुहोस्