निर्वाचन अधिकृतहरुलाई प्रशिक्षण सुरु

काभ्रे, वैशाख २० । स्थानीय तह चुनावमा खटिने काभ्रे जिल्लाका मतदान अधिकृत तथा सहायक अधिकृतलाई मतदान तथा मतगणना प्रशिक्षण सुरु गरिएको छ ।

३ सय ७ मतदान केन्द्रमा खटिने अधिकृतहरुलाई मतदानसम्बन्धी विभिन्न प्रयोगात्मक प्रशिक्षण दिन लागिएको जिल्ला निर्वाचन अधिकारी मधुकरप्रसाद पोखरेलले जानकारी दिए ।

याे पनि पढ्नुस  विराटनगरमा सम्भावित उम्मेदवारको चर्चा–परिचर्चा

उनका अनुसार सबै मतदान निर्वाचन अधिकृतलाई ३ चरणमा २–२ दिनको प्रशिक्षण दिइ नेछ । एक मतदान केन्द्रमा कम्तीमा ५ र दुई स्वंयमसेवक गरी ७ कर्मचारी खटाइने जिल्ला निर्वाचन अधिकृत पोखरेलले बताए ।

जिल्लाका १ सय ८९ मतदानस्थलमा १ हजार ५ सय ९४ कर्मचारी खटिने पोखरेलले जानकारी दिए । २५ गतेभित्रमा मुख्य निर्वाचन अधिकृतको कार्यलयबाट नियुक्त दिएर कर्मचारी खटिनेछन् । २७ गते २ बजे सम्ममा सबै मतदान केन्द्रमा कर्मचारी पुगिसक्नुपर्ने आयोगले जनाएको छ ।

याे पनि पढ्नुस  राजपाका यादवलाई दोब्बर मतले पछि पारे माओवादीका नायकले

मतदान अधिकृतले निर्वाचन केन्द्रमा नै वैशाख २८, २९ र ३० गते मतदाता परिचयपत्र वितरण गर्नेछन् ।

कमेन्ट गर्नुहोस्