भक्तपुरलाई देशकै नमुना जिल्ला बनाउनेः उम्मेदवारको प्रतिबद्धता

भक्तपुर, वैशाख २० । भक्तपुर जिल्लालाई देशकै नमुनाको जिल्ला बनाउने प्रतिवद्धता स्थानीय तहको निर्वाचनका नेपाली काँग्रेसबाट नगरप्रमुखका उम्मेदवारले व्यक्त गरेका छन् ।

आज भक्तपुरको गठ्ठाघरमा सञ्चारकर्मीसँग कुरा गर्दै मध्यपुर ठिमी नगरपालिकामा काँग्रेसबाट प्रमुख पदका उम्मेदवार हुनुभएका अष्टकुमार कवेँले मध्यपुर थिमि नगरपालिकालाई विकासको मूलप्रवाहमा ल्याउने बताउनुभयो ।

मध्यपुरथिमिमा अन्तर्राष्ट्रियस्तरको खेल मैदान बनाउने र मध्यपुर नगरपालिकाबाट सञ्चालित कोरिया मैत्री अस्पताललाई सुविधासम्पन्न एव्म यहाँका बासिन्दालाई सर्वसुलभ उपचारको व्यवस्था गर्ने बताउँदै उनले मध्यपुर नगरपालिका भएर बग्ने मनोहरा हनुमन्ते खोला किनारमा करिडोर निर्माण गर्ने, यहाँका सामुदायिक विद्यालयको गुणस्तरमा वृद्धि गर्ने, मध्यपुरलाई सांस्कृतिक सहरको रुपमा विकास गर्ने, पर्यटकीय गन्तव्य बनाउने, ढल, सडक र खानेपानीको पहुँचमा वृद्धि गर्ने योजना लिएर आफू निर्वाचनमा आएको धारणा व्यक्त गरे ।

याे पनि पढ्नुस  प्रदेश नं.२ मा ७७ प्रतिशत मत खसेको आयोगको स्पष्टोक्ति

यता रफतसञ्चार क्लबमा आयोजना भएको अन्तक्र्रिया कार्यक्रममा सूर्यविनायक नगरपालिकामा काँग्रेसबाट नगर प्रमुख पदका उम्मेदवार विष्णुराज कार्कीले आफ्नो जितसँगै सूर्यविनायक नगरको शिक्षा, स्वास्थ्य र सडक विकासलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने बताए ।

उहाँले सूर्यविनायक नगरपालिकालाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, यहाँका नागरिकको आयस्रोतलाई उच्च बनाउने, भक्तपुर नेपालकै सफल कृषि आधुनिकिरण एवम् उत्पादनको जिल्लाको रुपमा विकास गर्ने, राष्ट्रिय प्राणी उद्यानको पूर्णता दिने कार्यमा तीव्रता दिने र जैविक विविद्यताको संरक्षण एवम् प्रर्वद्धनमा आफ्नो महत्वपूर्ण भूमिका हुने विचार व्यक्त गरे ।

याे पनि पढ्नुस  प्रदेश नं ३, ४ र ६ मा स्थानीय तहको मनोनयन दर्ता सुरु

कार्कीले सूर्यविनायकलाई सडक र खानेपानीबाट जोड्ने, गाउँगाउँमा पक्की सडक पु¥याउने, स्वास्थ्य संस्थाको विकास र विस्तार गरी यसलाई गाउँगाउँमा पहुँच पु¥याउने कार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै चाँगुनारायण नगरपालिकाका प्रमुख पदमा काँग्रेसबाट उम्मेदवारी दिनुभएका राजाराम खड्काले चाँगुनारायण नगरपालिका क्षेत्रको समग्र विकासका लागि यहाँको पर्यटन, खानेपानी तथा सडक विस्तारमा जोड दिइने प्रतिबद्धता जनाए ।

याे पनि पढ्नुस  हेटौँडामा उम्मेदवारी दर्ता

उपत्यकामै पछाडि परेको भक्तपुरको– १ नम्बर क्षेत्रको समग्र विकासको लक्ष्य लिएर आफू चुनावी मैदानमा आएको पनि उनले बताए ।

भक्तपुर नगरपालिकामा काँग्रेसबाट प्रमुख पदमा उम्मेदवारी दिनुभएका राम कासुलाले भक्तपुरको समग्र विकासका साथै यहाँको शिक्षा, खानेपानी सडक र ढल निकासको समस्यालाई समाधान गर्न आफ्नो उम्मेदवारी रहेको बताए ।

कमेन्ट गर्नुहोस्