पहिलो चरणको निर्वाचनलगत्तै मतगणना गरिने निर्वाचन आयोगको निर्णय

काठमाडौं, बैशाख २५ । बैशाख ३१ मा हुने पहिलो चरणको चुनावलगत्तै मत गणना गरिने निर्वाचन आयोजना जनाएको छ ।

पहिलो चरणको मत परिणामले दोस्रो चरणको चुनावमा असर गर्नसक्ने भन्दै पहिलो चरणको मत गणना दोस्रो चरणको चुनावपछि मात्रै गर्ने भन्ने दलहरुबीच नै आवाज उठीरहेका बेला निर्वाचन आयोगले भने पहिलो चरणको निर्वाचनलगत्तै मत गणना गर्ने निर्णय गरेको हो ।

याे पनि पढ्नुस  सवारी साधनमा सहुलियत कर्जा पाइँदैन, स्वदेशी उद्योगलाई सहयोग गर्छौं : अर्थमन्त्री

पहिलो चरणको मतलाई सुरक्षाका दृष्टिले पनि लामो समयसम्म राख्न नसकिने कारण देखाउँदै निर्वाचन आयोगले बैशाख ३१ को निर्वाचतलगत्तै मत गणना गर्ने निर्णय गरेको निर्वाचन आयोगका प्रवक्ता सूर्य प्रसाद शर्माले जानकारी दिए ।

यसअघि आइतबार बालुवाटरमा भएको वैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीचको वैठकबाट पनि पहिलो चरणको निर्वाचनलगत्तै मतगणना गर्नुपर्ने सहमति भएको थियो ।

याे पनि पढ्नुस  फेसबुकबाट बने प्रेमीप्रेमिकाः यसरी फसे इन्जियिनर भनेर बिहे गर्दा.....

कमेन्ट गर्नुहोस्