अत्तरिया कप क्रिकेटको उपाधी राइजिङ वुमेन काठमाडौँलाई

कैलाली,बैशाख २७ । कैलालीको अत्तरियामा सम्पन्न रुस्लान अत्तरिया कप महिला क्रिकेट प्रतियोगिताको उपाधी राइजिङ वुमेन क्रिकेट काठमाडौँले जितेको छ । उसले विभागिए टोली एपिएफलाई १६ रनले पाखा लगाउदै उपाधी जित्न सफल भएको हो ।

उसले उपाधी जितेसंगै २ लाख नगद पुरस्कार समेत प्राप्त गरेको छ । भने, उपविजेता एपिएफले १ लाख रुपैयाँमा चित्त बुझान बाध्य भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको राइजिङले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर जम्मा १ सय ५२ रनको लक्ष्य दिएको थियो । उसका लागि पूजाराना भाटले सर्वाधिक २५ रन बनाए ।

सहाना प्रविनले २५, शान्ती खतिवडाले नट आउट २१ रनको योगदान दिए । जवाफी ब्याटिङमा उत्रेको एपिएफले निर्धारित २० ओभरमा सबै विकेट गुमाउदै १ सय ३६ रन मात्रै मनाउन सक्यो । उसका लागि ज्योति पाण्डेले ४८, करुणा भण्डारीले ५ रन बनाउनु बाहेक अन्य खेलाडीको रन सम्झन लाएक थिएन ।

प्रतियोगिता युनाइटेड अत्तरिया स्पोर्टस् क्लबको आयोजनामा भएको हो ।

प्रतियोगितामा १ सय ७ रन बनाउदै ११ विकेट लिएकी राईजिङ्ग क्रिकेट वुमन काठमाडौंकी पूजा निमाभाट उत्कृष्ट खेलाडी घोषित हँदै नगद २५ हजार रुपैयाँ हात पारिन ।

त्यस्तै राईजिङ्गकै शान्ता मुखर्जी उत्कृष्ठ विकेट किपर भइन भने विभागीय टोली एपिएफकी ज्योति पाण्डेय र सरिता मगर क्रमशः उत्कृष्ठ ब्याट्वुमन र बलर घोषित हुँदै १० हजार नगद प्राप्त गरे ।

कमेन्ट गर्नुहोस्