मतदाता शिक्षा प्रभावकारी नहुँदा मत बदर हुने डर

जुम्ला, वैशाख २८ । मतदाता शिक्षा प्रभावकारी नहुँदा अधिकतम मत बदर हुने डर भएको राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय जुम्लाले जनाएको छ ।

बुधबार आयोगको उपक्षेत्रीय कार्यालय जुम्लाद्वारा आयोजित ‘मानवअधिकार र निर्वाचन’ विषयक अन्तरक्रियामा यो कुरा प्रस्ट जनाइएको हो । उपक्षेत्रीय कार्यालय जुम्लाका निमित्त निर्देशक मानबहादुर कार्कीले अनुगमनका क्रममा मतदाता शिक्षाअन्तर्गत मत कसरी हाल्ने भन्ने विषयमा खासै मतदातालाई जानकारी नभएको बताउनुभयो ।

याे पनि पढ्नुस  दलहरु तालमेलमा ओर्लिए

“जिल्ला निर्वाचन कार्यालय जुम्लाले ८३ मतदाता शिक्षा कार्यकर्ता खटाए पनि अनुगमनमा जाँदा मतदातासम्बन्धी जान्नुपर्ने कुरा नागरिकलाई सूचित नभएको पाइयो, यसले मतपत्र बढी नै बदर हुने देखिन्छ,” उहाँले भन्नुभयो ।

उपक्षेत्रीय कार्यालय जुम्लाका नायब सुब्बा राजेन्द्र न्यौपानेले निर्वाचनको समयमा जुम्लाको मानव अधिकारस्थिति समेटिएको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमा कर्णालीको जुम्ला, कालीकोट र मुगुमा आयोगको टोलीले अनुगमन गरेको, उम्मेदवारी दर्तादेखि आजको दिनसम्म शान्तिपूर्ण अवस्था रहेको, नासु न्यौपानेद्वारा प्रस्तुत कार्यपत्रमा उल्लेख गरिएको थियो । उहाँले आयोगले निर्वाचन पूर्व, निर्वाचनको समय र निर्वाचनपश्चात् विशेष अनुगमन गर्ने योजना बनाएको जानकारीसमेत दिनुभयो ।

याे पनि पढ्नुस  चुनावपछि गरिबी घट्ला !

अन्तरक्रिया कार्यक्रममा नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले नागरिकलाई मतदानसम्बन्धी शिक्षा व्यापक नगरिएको गुनासो गर्नुभयो । उहाँले मतदाता शिक्षाका लागि प्रचार प्रसारमा लगानी कम भएको बताउनु जनाउनुभयो । जुम्लाका पत्रकारले जिल्लामा सूचना दिनमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले कन्जुस्यार्इं गरेको गुनासो जनाए ।

याे पनि पढ्नुस  स्थानीय तहको चुनावमा ३४७ महिला प्रतिनिधि चयन हुने

उम्मेदवारी दर्ताको समयमा सूचना माग्दा पनि व्यस्त छौँ भन्ने, फोन नउठाउने तथा स्विच अफ गर्ने गरेको दुःखेसो उनीहरुको थियो । महिला विकास अधिकृत गोमा प्रसार्इंले जिल्लामा मानव अधिकारको विषयमा लैङ्गिक समानताको सवाललाई मुख्यरुपमा ध्यान दिन आग्रह गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्