अज्ञात समूहले सिलिन्डर बम विस्फोट गराउँदा घाइते

हेटौँडा, वैशाख २८ । हेटौँडा उपमहानगरपालिका–१६ हटियामा गएराति अज्ञात समूहले सिलिन्डर बम विस्फोट गराउँदा सोही वडा बस्ने ३६ वर्षीय श्यामप्रसाद दाहाल सख्त घाइते भई थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

अज्ञात समूहले बम विस्फोट गराएको स्थलमा प्रहरी टोली पुगी छानबिन गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसन्त लामाले जानकारी दिनुभएको छ ।

याे पनि पढ्नुस  जनताको घरदैलोमा पुगेर पार्टी संगठनलाई क्रियाशील बनाउन अध्यक्ष ओलीको निर्देशन

कमेन्ट गर्नुहोस्